१९ माघ, काठमाडौं । नेपालले आईसीसी यू-१९ विश्वकप क्रिकेट प्रतियोगिताको सुपर सिक्स खेलमा भारतविरुद्ध राम्रो सुरुवात गरेको छ ।
जितको लागि २९८ रनको बलियो विजयी लक्ष्य पछ्याएको नेपालले सुरुवाती १० ओभरमा कुनै विकेट नगुमाई ३९ रन बनाएको छ ।
ओपनर दीपक बोहरा ३५ बलमा ३ चौकासहित २० रनमा क्रिजमा छन् । उनलाई अर्जुन कुमालले २५ बलमा २ चौकासहित १२ रनमा साथ दिएका छन् ।
त्यसअघि खेल सुरु हुन केहि ढिलाई भएको थियो । मेघ गर्जन र चट्याङ्ग परेपछि समयमै सुरु हुन सकेको थिएन । माङ्गाउगं ओभलमा टस जितेर पहिला ब्याटिङ रोजेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै २९७ रन बनाएको थियो ।
भारतका सचिन दासले १०१ बलमा ११ चौका र ३ छक्कासहित ११६ रनको सानदार शतकीय इनिङ खेलेका थिए । कप्तान उदय सहारान १०७ बलमा ९ चौकासहित १०० रनमा आउटका थिए ।
चौथो विकेटका लागि उदय र सचिनले २ सय २ बलमा २ सय १५ रनको दोहोरो शतकीय साझेदारी गरेका थिए । नेपालका गुलशन झाले ३ र आकाश चन्दले १ विकेट लिएका थिए ।
 
                    










 २०८० माघ  १९ गते १९:२४
                        २०८० माघ  १९ गते १९:२४                     
                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                                                                                                     
                     
                     
                     
                     
                 
                 
                 
                 
                 
         
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                             
                            
प्रतिक्रिया 4