+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

एमाले धादिङ अध्यक्षले भने– अधिवेशन स्थगित भएको छैन

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २१ गते १०:४१
एमाले धादिङका अध्यक्ष भूमि त्रिपाठी

२१ माघ, काठमाडौं । नेकपा एमाले धादिङका अध्यक्ष भूमि त्रिपाठीले जिल्ला अधिवेशन स्थगित नभएको बताएका छन् ।

बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेलले अधिवेशन अनिश्चितकालका लागि स्थगित भएको विज्ञप्ति जारी गरेलगत्तै जिल्ला अध्यक्ष त्रिपाठीले पनि विज्ञप्ति निकालेर अधिवेशन स्थगित नभएको बताएका हुन् ।

‘केही अनाधिकृत उच्छृङ्खल व्यक्तिले अधिवेशनको थप कार्यक्रम स्थगित भएको भनी सामाजिक सन्जाल र मिडियामा फैलाएको भ्रमप्रति नेकपा एमाले धादिङको ध्यानाकर्षण भएको छ,’ अध्यक्ष त्रिपाठीले विज्ञप्तिमा लेखेका छन्, ‘बन्द सत्रको कार्यक्रम निरन्तर सन्चालन भइरहेको व्यहोरा अवगत गराउँदै सम्बन्धित सबैलाई यो भ्रममा नपर्न अनुरोध गर्दछु ।’

बन्दसत्र सन्चालनका लागि गठन गरिएको अध्यक्ष मण्डलका अध्यक्ष धर्मदत्त देवकोटाले पनि अधिवेशन स्थगित नभएको बताएका छन् ।

यही माघ १९ गते धादिङ जिल्ला अधिवेशन उदघाटन भएको थियो । तर बन्द सत्र सुरु हुनु अघि नै नेताहरुबीच विवाद भएको थियो । बन्दसत्र सुरु हुनुअगावै अधिवेशन स्थलमा झडप हुँदा एक जना पार्टी कार्यकर्ता सन्तोष खनालको हात भाँचिएको बागमती प्रदेश अध्यक्ष ढुंगलले बताएका छन् ।

नयाँ नेतृत्वका लागि हाल अध्यक्ष रहेका त्रिपाठी र बागमती प्रदेशसभा सदस्य डा. रामकुमार अधिकारी आकांक्षी देखिएका छन् ।

त्रिपाठीको तर्फबाट उपाध्यक्षमा अर्जुन गोर्खाली र सचिवमा राधिका सापकोटा आकांक्षी छन् भने अधिकारीको तर्फबाट उपाध्यक्षमा रामकुमार आचार्य र सचिवमा हरिराम लोहनीले सचिवमा आकांक्षा राखेका छन् ।

हेर्नुहोस् एमाले धादिङ जिल्ला अध्यक्ष भूमि त्रिपाठीले जारी गरेको विज्ञप्ति-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?