+
+

सुनचाँदी व्यवसायीमाथि गोली हान्नेलाई कारबाही गर्न महासंघको माग

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २१ गते १८:३२

२१ माघ, काठमाडौं । सुनचाँदी व्यवसायमाथि भएको आक्रमणको घटनाप्रति व्यवसायीले विरोध गरेका छन् ।

पश्चिम नवलपरासीस्थित बर्दघाट नगरपालिका–४ का ६५ वर्षीय सुनचाँदी व्यवसायी गजेन्द्र विश्वकर्मामाथि शनिबार गोली प्रहार भएको थियो ।

सुस्ता गाउँपालिका–१ स्थित बरुवामा रहेको सुनचाँदी पसल बन्द गरेर घर फर्किने क्रममा २० माघमा उनीमाथि गोली प्रहार भएको थियो ।

बर्दघाट नगरपालिका–१६ स्थित केराबारी गाउँ नजिक चोरघोला भन्ने स्थानमा अज्ञात व्यक्तिले गोली प्रहार गरी उनको साथमा भएको धनमाल लुटेर लगेको व्यवसायीको भनाइ छ ।

व्यवसायी विश्वकर्मामाथि गोली हान्ने व्यक्तिलाई पक्राउ गरी कानुन अनुसार कारबाही गर्न व्यवसायीहरुले माघ गरेका छन् ।

इटहरीमा ग्राहक बनेर सिक्री लुटपाट

इटहरी–९ दिपेन्द्र चोकमा शुक्रबार ग्राहक बनेर आएका व्यक्तिले दुई थान सुनको सिक्री लुटेर लगेको व्यवसायीहरुले बताएका छन् ।

पूर्वाञ्चल सुनचाँदी व्यवसायी संघका सदस्य एवम् महालक्ष्मी गहना पसलबाट शुक्रबार बिहान ११.१७ मा रातो मोटरसाइकल चढेर आएका व्यक्तिले दुई तोला १२ आनाको सुनको सिक्री लुटेर भागेको व्यवसायीहरुको भनाइ छ ।

व्यवसायीका अनुसार ग्राहकजस्तो बनेर आएका ती व्यक्तिले सिक्री देखाउन लगाएर पसलबाट एक्कासि सिक्री लिएर फरार भएका थिए ।

गोली प्रहार र लुटपाटका घट्नाले व्यवसाय कसरी सञ्चालन गर्ने भन्ने गम्भीर प्रश्न उब्जिएको व्यवसायीहरुले बताएका छन् ।

सुनचाँदी व्यवसायीमाथि भएको गोली प्रहार र लुटपाटका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

कुनै पनि पेशा व्यवसाय निर्वाधरुपमा सञ्चालन गर्न पाउनु नागरिकको नैसर्गिक अधिकार भएको भन्दै सरकार यसप्रति गम्भीर हुनुपर्ने महासंघका प्रवक्ता मनोजकुमार साहले बताएका छन् ।

घटनामा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी कारबाही गर्नु पर्ने र यस्ता घटना पुनः दोहोरिन नदिई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन समेत उनले माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?