+
+

साफ यू-१९ महिला च्याम्पियनसिप : फाइनल पुग्न नेपालले भारतलाई हराउनैपर्ने

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २३ गते ७:४८

२३ माघ, काठमाडौं । बंगलादेशको ढाकामा जारी साफ यू-१९ महिला च्याम्पियनसिपमा नेपालले लिगको आफ्नो अन्तिम खेलमा आज भारतसँग खेल्दैछ ।

खेल ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा नेपाली समय अनुसार दिउँसो पौने ३ बजे सुरु हुनेछ ।

शीर्ष दुईमा रहेर प्रतियोगिताको फाइनल खेल्न नेपाललाई आज स्पष्ट जितको आशव्यकता छ । नेपालको लागि यो खेल गर या मरको अवस्थामा छ ।

जितले नेपाल फाइनल पुग्नेछ भने पराजित भए बाहिरिनेछ । घरेलु ६द्यी बंगलादेश दुई खेल जित्दै फाइनल पुगिसकेको छ ।

चार टोली सहभागि प्रतियोगितामा आयोजक बंगलादेश दुई खेलबाट ६ अंकसहित शीर्ष स्थानमा छ । नेपाल र भारतको दुई खेलबाटै समान तीन अंक छ । लगातार दुई हार बेहोरेको भुटान अंकविहीन छ र फाइनल होडबाट बाहिरिसकेको छ ।

नेपाल र भारतको समान अंक भए पनि भारत गोल अन्तरमा अघि छ । भारतले ११ गोल गर्दा जम्मा एक गोल मात्र बेहोरेको छ ।

नेपालले जम्मा दुई गोल गरेको छ भने तीन गोल बेहोरेको छ । त्यसैले पनि भारतविरुद्ध नेपाललाई जित नै चाहिन्छ । भारत भने नेपालविरुद्ध बराबरी खेलेमा पनि फाइनल पुग्नेछ ।

च्याम्पियनसिपको पहिलो खेलमै नेपाल आयोजक बंगलादेशसँग ३-१ ले पराजित भएको थियो । त्यसपछि नेपालले भुटानलाई १-० ले हराएर पहिलो जित हात पारेको थियो ।

सिंगल राउण्ड रोविनका आधारमा भइरहेको च्याम्पियनसिपमा लिग चरणका खेलपछि शीर्ष दुईमा रहने टोलीले फाइनल खेल्नेछन् ।

नेपालले अहिलेसम्म च्याम्पियनसिपको उपाधि जित्न सकेको छैन । अहिलेसम्म भएको चार संस्करणमध्ये बंगलादेशले तीन तथा भारतले एकपटक उपाधि जितेको छ । नेपाल दुईपटक उपविजेता बन्दा दुईपटक तेस्रो भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?