+

लाओसमाथि नेपालको गोल वर्षा, कप्तान सावित्राको ह्याट्रिक

२०८२ असार  १५ गते २०:११ २०८२ असार १५ गते २०:११
लाओसमाथि नेपालको गोल वर्षा, कप्तान सावित्राको ह्याट्रिक

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालले एएफसी महिला एसियन कप छनोटको समूह एफमा ९-० को जित हासिल गर्यो।
  • सावित्रा भण्डारी साम्बाले कप्तानी डेब्युमा ह्याट्रिक गरेपछि नेपालले पहिलो खेलमा जित्यो।
  • नेपालले आफ्नो १००औं अन्तर्राष्ट्रिय खेल पनि पूरा गर्यो।

१५ असार, काठमाडौं । सावित्रा भण्डारी साम्बाले कप्तानी डेब्युमा ह्याट्रिक गरेपछि नेपालले एएफसी महिला एसियन कप छनोटको समूह एफमा लाओसमाथि ९-० को फराकिलो जित हात पारेको छ ।

उज्वेकिस्तानको तास्केन्तमा आइतबार भएको समूहको आफ्नो पहिलो खेलमा नेपालले सानदार जितसहित ३ अंक जोडेको छ ।

यसै खेलबाट नेपाली महिला टोलीले आफ्नो एक सयौं अन्तर्राष्ट्रिय खेल पनि पूरा गरेको छ ।

नेपालको फराकिलो जितमा यसै खेलबाट कप्तानी डेब्यु गरेकी सावित्राले ४ गोल गरिन् । यस्तै अनिता बस्नेत, सरु लिम्बु, अनिता केसी, रश्मी कुमारी घिसिङले १-१ गोल गरे ।

एक गोल नेपालले उपहार पाएको थियो ।

 

महिला एसियन कप छनोट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय