+
+

जनकपुरमा स्कूल बसको ठक्करबाट एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २५ गते १४:३३

२५ माघ, जनकपुरधाम । जनकपुरमा स्कूल बसको ठक्करबाट एक भारतीय नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतको मधुवनी घर भइ हाल जनकपुरधाम उपमहानगरपालिका-२३ बेला बस्दै आएका २७ वर्षीय ममताज कवारी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

बिहीबार बिहान बेलामा बा. २ प ७६० नम्बरको श्रीराम स्कूल बसले साइकलमा सवार उनलाई ठक्कर दिएको थियो । ठक्करपछि गम्भीर घाइते उनलाई प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारका लागि लगिएकामा चिकित्सकले मृत घोषणा गरे ।

स्कूल बस र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?