+

अनिलको लगातार दोस्रो अर्धशतक

२०८० माघ  २९ गते १४:२१ २०८० माघ २९ गते १४:२१
अनिलको लगातार दोस्रो अर्धशतक

२९ माघ, काठमाडौं । अनिल साहले राष्ट्रिय क्रिकेट टिममा गज्जबको पुनरागमन गरेका छन् ।

२०२२ पछि नेपालको जर्सीमा फर्किएका अनिल लगातार दोस्रो खेलमा अर्ध शतक पूरा गरेका छन् ।

तेस्रो एक दिवसीय क्रिकेटमा क्यानडासँग २३३ रनको लक्ष्य पछ्याउने क्रममा अनिलले ५० बलमा अर्ध शतक पूरा गरेका हुन् ।

अनिलले दोस्रो ओभरमा तीव्र गतिका बलर उदय भागवानलाई लगातार चार चौका हानेर धमाकेदार सुरुवात गरेका थिए ।

उनको अर्धशतक मद्दतमा नेपालले १५ ओभरको खेल सकिँदा १ विकेट गुमाएर ८३ रन बनाएको छ ।

यसअघि दोस्रो ओडीआईमा शनिबार पुनरागमन खेलमा अनिलले २० बलमा ५० रन बनाएका थिए ।

एक समय अनिल १३ बलमा ४३ रनमा पुगेको भए पनि अर्धशतक भने १९ बलमा पूरा गरेका थिए ।

अनिल साह नेपाल भर्सेस क्यानडा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय