+
+
Shares

सी जिनपिङ पार्टीभित्र चलाइरहेछन् कठोर अभियान

भ्रष्टाचारविरुद्धको अभियानमा ५० लाख मानिस कारबाहीमा परिसके । कतिलाई चेतावनी दिएर छोडिएको छ । कतिपय जरिवानामा परेका छन् त कोहीले मृत्युदण्ड पाएका छन् ।  

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २९ गते १७:२९

२९ माघ । भ्रष्टाचारविरुद्धको अभियानमा चिनियाँ राष्ट्रपति सी जिनपिङ निकै कठोर छन् । यस अभियान अन्तर्गत उनले बैंकका उच्च तहका अधिकारीदेखि सम्भ्रान्त परमाणु रकेट फौजका अधिकारीसम्मलाई कारबाही गरिसकेका छन् । कतिपय सोध्छन् -सीको यो अभियान कहिले अन्त्य होला ?

सीका निम्ति यस अभियान शासन प्रणालीको केन्द्रीय मुद्दा बनिसकेको छ ।  आफ्नो दृष्टिकोण अनुसार शासन सञ्चालनमा अवरोध पुर्‍याउन खोज्नेहरुलाई सीले यसै अभियानको सहारामा कारबाही गरेको आरोप पनि उत्तिकै लाग्ने गरेको छ । कतिपयले  सीलाई स्टालिन भनिदिन्छन् ।

भ्रष्टाचारबारे सी वास्तवमै गम्भीर रहेको र अभियान मार्फत उनले राजनीतिक उपलब्धि हासिल गर्न खोजेको कतिपयको बुझाइ छ । जर्जिया स्टेट युनिभर्सिटीमा चिनियाँ अध्ययन विभागका प्रमुख एन्ड्रु विडम्यानले बीबीसीसँग भनेका छन्, ‘उच्च तहको भ्रष्टाचारलाई लिएर सीमा केही संशय होला तर उनको त्रास भने भ्रमपूर्ण छैन । भ्रष्टाचारमा शून्य सहनशीलताको नीति लिएर उनले राजनीतिक उपलब्धि हात पार्न खोजेका छन् ।’

चीनमा माओको पालामा पार्टीप्रतिको लगाव र प्रेम बढाएमा भ्रष्टाचार नियन्त्रण सहज हुने मान्यता थियो ।  त्यसपछि देङ स्याओ पिङ र जियाङ जेमिनको पालामा यो मान्यता परिमार्जन भएको थियो । उनीहरु मानिसको जीवनस्तर उकासेमा भ्रष्टाचारको सोचाइ नहुने मान्यता अनुसार अघि बढे । हु जिन्ताओको पालामा चिनियाँ नागरिकके जीवनस्तर अझै उन्नत भयो । उन्नत जीवनस्तरका बाबजुद पनि  मानिसहरुले वेइमानीपूर्ण ढंगले लाभ लिने क्रम बढ्यो ।

अहिले भ्रष्टाचार झनै बढ्दै गएकाले सी माओकै दर्शनमा अघि बढेको देखिन्छ । पार्टीप्रतिको निष्ठा बढाएमा समस्या समाधान हुनेमा सी अडिग देखिएका छन् । त्यसैले भ्रष्टाचारविरोधी अभियान पार्टीकै अभियान बनेको छ । भ्रष्टाचारको आरोप लागेकाहरुमाथि पार्टीकै कमिटीले छानबिन गर्छ ।

आरोप लाग्नेतवित्तिकै गायब

चिनियाँ समाजमा उच्च तहमा रहेका व्यक्ति कम्युनिस्ट पार्टीकै सदस्य हुन्छन् । वित्तीय संस्था, खेलकुद संस्था, सरकारी विभाग वा विश्वविद्यालय सबैका प्रमुख पार्टीकै सदस्य छन् ।  एकपटक जिम्मेवारी सम्हालेपछि त्यहाँ पार्टीको अनुशासन उल्लंघन हुने विषयमा निकै सचेत रहनुपर्नेछ ।

कुनैपनि मानिसमाथि अभियोग लाग्नु भनेको पार्टीको बदनामीका रुपमा बुझ्ने गरिन्छ । त्यसैले व्यक्तिगत र नैतिक आचरणमा निकै कठोर हुनुपर्छ । कहिलेकाहीँ अस्पस्ट रुपमा समेत मानिस कारबाहीको दायरामा आउने सम्भावना रहन्छ । यदि कोहीमाथि अनुसन्धान वा कारबाही गर्नुपर्नेमा भ्रष्टाचारविरुद्धको आयोगले मानिसलाई बेपत्ता नै पार्छ ।

सैद्धान्तिक रुपमा आयोगले अनुसन्धान गर्न लागेको व्यक्तिलाई नियन्त्रणमा लिएपछि परिवारलाई जानकारी दिनुपर्ने मान्यता छ । तर त्यसको कुनै सुनिश्चितता भने छैन । यदि कोही अचानक गायब भयो भने उसमाथि आयोगले छानबिन गरिरहेको हुनसक्ने आकलन गरिन्छ । आफ्नो अभियानले उच्चपदस्थ कर्मचारी तथा पार्टी सदस्यहरुलाई आर्थिक रुपमा सफा राख्ने दृढ विश्वास राष्ट्रपति सीको छ । तर यस्ता अभियानले कतिपय अवस्थामा नकरात्मक असरसमेत पुर्‍याउन सक्ने राजनीतिशास्त्री लिनेट ओङले बीबीसीसँग बताएका छन् ।

‘अनुसन्धानका लागि मानिस नै बेपत्ता हुने श्रृंखलाले मानिसलाई जोखिम मोल्न निरुत्साहित गर्छ । सन् १९७९ देखि हालसम्म चीनको आर्थिक वृद्धि उद्यमशीलता र जोखिम मोल्ने आँटको जगमा भएको हो । मानिसनै बेपत्ता हुने श्रृंखलाले उद्यमशीलतालाई निरुत्साहित गर्नसक्छ’, उनले भनेका छन् ।

सीको यस अभियानले राज्य नियन्त्रित र निजी क्षेत्र दुबै संस्थानमा असर पुगेको देखिन्छ । उनीहरुमा जागिर जोगाउन मात्रै काम गर्ने स्थिति देखिएको छ । नवप्रवर्तन र महत्वाकांक्षामा जोड लगाउनु जोखिम हुनसक्ने मनस्थिति उनीहरुको भनेको छ । कम्युनिस्ट पार्टी चाइना समर्थित समाचारपत्र द स्टडी टाइम्सका पूर्व सम्पादक देङ युह्वेनले बीबीसीसँग भनेका छन्, ‘सीले सबै क्षेत्र आर्थिक रुपमा सफा देख्न चाहेका छन् भने सबै तहका कर्मचारी मिहिनेती होस् भन्ने चाहेका छन् ।’

धेरै रकम, धेरै घुस

अहिले वित्तीय संस्थाका उच्चपदस्थ कर्मचारीमाथि कारबाही भने फरक छ । गत वर्षयता सय भन्दा बढी वित्तीय संस्थाका कर्मचारीमाथि कारबाही गरिएको छ । उनीहरुले ठूलो मात्रामा घुस लिएको आयोगको ठम्याइ छ ।

‘दशकौँदेखि वित्तिय संस्थाका अधिकारीहरु वित्तीय भ्रष्टाचारमा संलग्न थिए । यसलाई केही वर्षभित्रै सफा राख्नु चुनौतीपूर्ण छ । गत वर्ष पनि भ्रष्टाचारविरुद्धको अभियानमा बैंकिङ निशानामा थियो । यसपटक पनि बैंकिङ क्षेत्र नै अभियानको प्राथामिकतामा छ’, देङले भनेका छन् ।

प्राध्यापक वेडमेनका अनुसार भ्रष्टाचारकJ रकम बैंकमै भएकाले बैंकिङ क्षेत्रनै प्राथामिकतामा परेको हो । ‘ठूला भ्रष्टाचारका रकम बैंकमै छन् । त्यसैले बैंकिङ क्षेत्र नै प्राथामिकतामा परेको हो’, उनको भनाइ छ ।

यद्यपि बैंकिङपछि सबैभन्दा धेरै रकम सैन्य संयन्त्रसँग रहेको छ । चिनियाँ जनमुक्ति सेना राष्ट्रको सेनामात्रै होइन पार्टीको समेत सेना हो । त्यसैले रक्षा मन्त्री ली साङ्फु हुन् वा परमाणु रकेट फौजका प्रमुख उनीहरु समेत अनुसन्धानको दायरामा परिसकेका छन् । परमाणु भण्डारमा कमसल सामग्री राखिएको भन्दै रक्षामन्त्रीमाथि अनुसन्धान जारी छ ।

रकेट फौजप्रति सीको निकै अपेक्षा छ । ताइवानसँग युद्धको परिस्थितिमा त्यस फौजको हतियार निकै सहयोगी साबित हुने सीको विश्वास छ । आफ्नो विश्वासमा रक्षामन्त्रीले घात गरेका कारण उनले लीलाई हटाएको विश्लेषक अल्फ्रेड ह्वुले बताएका छन् ।

‘रकेट फौजसँग सीको ठूलो आशा र भरोसा थियो । यदि ताइवानसँग युद्ध भएको अवस्थामा त्यस फौजको हतियार निकै सहयोगी हुने उनको विश्वास थियो’, अल्फ्रेडले भनेका छन् ।

सीको भ्रष्टाचारविरोधी अभियानलाई नियालिरहेका केही विश्लेषकहरुले भने त्यहाँ प्रणालीगत सुधारको आवश्यकता औँल्याएका छन् । ‘पार्टीले भ्रष्टाचारविरुद्ध जुध्नका निम्ति संरचना बनाएर कदम चालेपनि भ्रष्टाचार नियन्त्रणमा सफल हुन सकेको छैन । यस अभियानले संरचनागत भ्रष्टाचारलाई रोक्न सकेको छैन’, प्राध्यापक पेयटले बीबीसीसँग भनेका छन् ।

सीको यस अभियानले पारेको असरप्रति कसैले पनि उनलाई सुझाव दिन सकेका छैनन् । सीसँग सिधा बोल्न र बिना त्रास सुझाव दिन धेरै हिच्किचाउँछन् । प्राध्यापक ओङ्क भन्छन्, ‘सीका वरिपरी निकै स्मार्ट व्यक्तिहरु छन् । सबै क्षेत्रका विज्ञले उनी घेरिएका छन् । तर सीसँग सिधा कुरा राख्ने हिम्मत कमैले राख्छन् ।’

अहिलेको अवस्थामा सीले स्पस्ट सुझाव भन्दा पनि पार्टीप्रतिको निष्ठा खोजिरहेको प्राध्यापक पेयटको बुझाइ छ । भ्रष्टाचारविरुद्धको अभियानमा ५० लाख मानिस कारबाहीमा परिसके । कतिलाई चेतावनी दिएर छोडिएको छ । कतिपय जरिवानामा परेका छन् त कोहीले मृत्युदण्ड पाएका छन् । पार्टीप्रतिको निष्ठा बढाउनका निम्ति यो अभियान अनवरत चलाइरहने पक्षमा सी देखिएका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?