+
+

जापानलाई जितेर जर्मनी बन्यो तेस्रो ठूलो अर्थतन्त्र, किन खस्कियो जापान ?

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ३ गते १८:०२

३ फागुन, काठमाडौं । जापानको अर्थतन्त्र मन्दीतर्फ अग्रसर भएको छ । दोस्रो त्रैमासमा समेत अर्थतन्त्र अप्रत्यासित रुपमा खस्किएपछि विश्व अर्थतन्त्रको तेस्रो ताज जापानबाट जर्मनीले खोसेको छ ।

विश्वमा अर्थतन्त्रको आकारको आधारमा अमेरिका पहिलो,चीन दोस्रो र जापान तेस्रो थिए । त्यसपछि जर्मनी र भारत थिए । तर पछिल्लो त्रैमासमा जापानलाई जर्मनीले जितेको हो । ती देशको आधिकारिक तथ्यांक अनुसार जापानको कुल ग्रार्हस्थ्य उत्पादन ४.२ ट्रिलियन डलर रहेको छ । तर जर्मनीको भने ४.५ ट्रिलियन डलर पुगेको छ ।

तीन महिनायता जापानको कुल ग्रार्हस्थ्य उत्पादन ०.४ प्रतिशतले खुम्चिएको हो । पहिलो त्रैमासमा तुलनामा अर्थतन्त्रमा भने ३.३ प्रतिशतले ह्रास आएको बीबीसीले जनाएको छ ।

अर्थविद्हरुले गत वर्ष जापानको कुल ग्रार्हस्थ्य उत्पादनमा १ प्रतिशतसम्म वृद्धि हुने प्रक्षेपण गरेका थिए । गत अक्टोबरमा अन्तर्राष्ट्रिय मुद्रा कोष(आईएमएफले) जर्मनीले जापानलाई उछिन्ने प्रक्षेपण गरेको थियो । राष्ट्रहरुले आफ्नो अन्तिम वित्तीय स्थिति सार्वजनिक गरेपछिमात्रै आईएमएफले प्रक्षेपण गर्छ । आईएमएफले आर्थिक तथ्यांकमा आधारित तुलना सन् १९८० देखि प्रकाशित गर्न थालेको हो ।

अर्थविद् निल न्यूम्यानले बीबीसीसँगको कुराकानीमा जापानको पछिल्लो अर्थतन्त्र ४.२ खर्ब डलर रहँदा जर्मनीको ४.४ खर्ब डलरको हुने प्रक्षेपण सन् २०२३ मा गरेका थिए ।

अमेरिकी डलरको तुलनामा जापानी मुद्रा यान कमजोर हुँदा यस्तो परिस्थिति उत्पन्न भएको न्युमानको भनाइ छ । यानको अवस्था सुध्रिएमा जापानले पुन आफ्नो खोसिएको ताज फिर्ता ल्याउन सक्ने उनले बताए ।

फेब्रुअरी पहिलो साता टोक्योमा भएको पत्रकार सम्मेलनमा आईएमएफकी उपप्रमुख गीता गोपीनाथले अमेरिकी डलरको तुलना गर्दा यान ९ प्रतिशत बढीले कमजोर हुँदा जापानको अर्थतन्त्र खस्किने बताएकी थिइन् ।

तर यान कमजोर हुँदा जापानको पुँजीबजार भने ह्वात्तै बढेको थियो । जापानको पुँजीबजार निक्क २२५ गत साता ३८००० अंकमा पुगेको थियो । सन् १९९० पछि यत्तिको स्थानमा पुगेको यो पहिलोपटक थियो ।

त्यसअघि २९ डिसेम्बर १९८९ मा पुँजीबजार ३८ हजार ९१५.१५ विन्दुमा पुगेको थियो । कुल ग्रार्हस्थ्य उत्पादनमा गिरावट आएसँगै केन्द्रीय बैंकले ऋणको ब्याजदर हेरफेर गर्नसक्ने सम्भावना छ । तर यस कदमप्रति केन्द्रीय बैंकले ढिलाइ गरिरहेको छ ।

खर्चलाइ बढावा दिने उद्देश्यले केन्द्रीय बैंकले सन् २०१६ मा ब्याजदर नकारात्मक दरमा राखेको थियो । यसले गर्दा यानप्रति विश्वव्यापी लगानीकर्ताहरु कम आकर्षित भए र यसले मुद्रालाई कमजोर बनायो ।

यता बेलायत पनि मन्दीतर्फ अग्रसर भएको बीबीसीले जनाएको छ । गत वर्षको अन्तिम तीन महिनाको प्रतिवेदनले बेलायत पनि मन्दीतर्फ अग्रसर भएको देखाएको हो । कुल ग्रार्हस्थ्य उत्पादनमा ०.३ प्रतिशतले कमी आएको तथ्यांक रहेको छ ।

सन् २०२३ मा अर्थतन्त्र सुधार आफ्नो पहिलो प्राथामिकता रहेको बताउने प्रधानमन्त्री ऋषि सुनकका लागि यो तथ्यांक निके चुनौतीपूर्ण रहेको बीबीसीले उल्लेख गरेको छ । चान्सलर जेर्मी हन्ट नयाँ बजेट सार्वजनिक गर्नबाट तीन साता पर रहेको अवस्थामा यस्तो तथ्यांक सार्वजनिक भएको हो ।

निर्माण र उत्पादन दुबैतर्फ सुस्तता छाउँदा अर्थतन्त्रमा नकारात्मक प्रभाव परेको हो । गत वर्ष बेलायतको अर्थतन्त्र ०.१ प्रतिशले मात्रै बढेको थियो । अर्थतन्त्र मन्दीतर्फ अग्रसर भएकाले सार्वजनिक खर्चमा कटौती गर्नेतर्फ सरकार उन्मुख भइरहेको अर्थभन्त्रालय स्रोतलाई उधृत गर्दै बीबीसीले लेखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?