+

नेत्रहीन क्रिकेट प्रतियोगितामा बर्दिया र लुम्बिनी विजयी

२०८० फागुन  ६ गते ५:०० २०८० फागुन ६ गते ५:००
नेत्रहीन क्रिकेट प्रतियोगितामा बर्दिया र लुम्बिनी विजयी

६ फागुन, काठमाडौं । नेत्रहीन क्रिकेट प्रतियोगिता २०२४ मा बर्दियाले सानदार जित हात पारेको छ ।

नेपालगन्जमा जारी प्रतियोगिताको दोस्रो दिन शनिबार भएको दोस्रो खेलमा बर्दियाले बाँकेलाई ५ विकेटले हरायो । बाँकेले दिएको २४७ रनको लक्ष्य बर्दियाले १७ ओभर खेल्दै ५ विकेट गुमाएर पूरा गर्‍यो । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बाँकेले ४ विकेट गुमाएर २४६ रन बनाएको थियो ।

बर्दियाका लागि प्लेयर अफ दि म्याच गोपाल राठौरले उत्कृष्ट ब्याटिङ गर्दै ७१ रन बनाए । प्लेयर अफ दि म्याचको ट्रफी कोहलपुर नगरपालिका वडा अध्यक्ष कल्पना शर्माले हस्तान्तरण गरिन् ।

यस्तै शनिबारको पहिलो खेलमा चितवन नेत्रहीन क्रिकेट क्लब (चितवन) विरुद्ध लुम्बिनी नेत्रहीन क्रिकेट संघ, रुपन्देहीबीच प्रतिस्पर्धा  भएको थियो । जसमा लुम्बिनी ९ विकेटले विजयी भयो ।

चितवनले दिएको ५९ रनको लुम्बिनीले ५.२ ओभरमा पूरा गर्न सफल भयो । लुम्बिनीको लागि अब्दुल जहित दले २४ र शम्भु पोखरेलले १८ रन बनाए । प्लेयर अफ दि म्याच लुम्बिनीका खेमराज सापकोटा भएका थिए ।

नेत्रहिन क्रिकेट संघ नेपालको आयोजनामा भइरहेको प्रतियोगितामा बाँके, बर्दिया, चितवन, रुपन्देही, सुदूरपश्चिम र सुर्खेत गरी कुल ६ टोली सहभागी छन् ।  प्रतियोगिता फागुन ८ गतेसम्म सञ्चालन हुनेछ ।

नेपालभर छरिएर रहेका करिब २० हजार भन्दा बढी दृष्टिविहीन युवा तथा बालबालिकाहरुमा माझ क्रिकेट खेलको विकास गरी उनीहरुको पुनर्स्थापना र सशक्तिकरण गर्न तथा उनीहरुमा निहित प्रतिभालाई समाजमा प्रस्फुटन गराउने उद्देश्यले यस प्रतियोगिताको आयोजना गरिएको संघका अध्यक्ष पवन घिमिरिले जानकारी दिए । 

नेत्रहीन क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय