+
+

जहाँ दाँत र कपडा चम्काउन पिसाबको प्रयोग हुन्थ्यो, मूत्रकर लगाइन्थ्यो

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ८ गते ७:५७

रोमन सम्राट भेस्पासियनले आफ्ना पुत्र टाइटसको नाकको नजिकै एउटा सुनको सिक्का लगे र सोधे – के यसबाट गन्ध आइरहेको छ ?

टाइटसले जवाफ दिए – छैन ।

भेस्पासियनले भने – सिक्काबाट गन्ध आउँदैन । तर, यो सिक्का पिसाबबाट प्राप्त हुन्छ ।

भेस्पासियन र उनका पुत्र टाइटस फ्लाभियस पेत्रोका बीचमा भएको यो कुराकानीको विवरण रोमन इतिहासकार सुएटोनियसले बताएका हुन् ।

उनका अनुसार यो कुराकानी करिब २ हजार वर्षअघि भएको थियो जब टाइटसले आफ्ना पिता भेस्पासियनले मुत्र व्यापारमा लगाएको करलाई घिनलाग्दो भन्दै विरोध जनाएका थिए ।

ज्ायस सुएटोनियस चर्चित इतिहासकार हुन् जसले रोमका सुरुवाती १२ सिजर्सहरुको जीवन लेखेका थिए । रोमन राजदरबारसँग आफ्नो निकटताका कारण उनले रोमन राजपरिवारका बारेमा धेरै सामग्रीहरु लेखेका थिए ।

प्राचीन रोमन साम्राज्यमा पिसाब एउटा बहुमूल्य चिज थियो । सार्वजनिक शौचालयहरु तथा आवासीय क्षेत्रहरुबाट मुत्र संकलन गरिन्थ्यो र त्यसको प्रयोग टुथपेस्ट बनाउने कच्चा पदार्थको रुपमा गरिन्थ्यो ।

प्राचीन रोमन साम्राज्यमा मुत्रकर लगाइन्थ्यो जसलाई भेक्टिगल युरिने भनिन्थ्यो ।

भेस्पासियनका अलावा निरोले पनि पिसाबको खरिदबिक्रीमा उक्त विशेष कर लगाएका थिए । इशा पश्चात्को पहिलो शताब्दीमा पाँचौं रोमन सम्राट निरो -जसको शासनकालमा रोम जलेको थियो) ले मुत्र संकलन तथा प्रयोग दुवैमा सो कर लगाएका थिए र पछि यसलाई हटाइएको थियो ।
इतिहासकारहरुका अनुसार आम मानिसहरुको विरोधका कारण रोमन शासक मुत्रकर हटाउन बाध्य भएका थिए । तर सन् ६९ मा उनीपछि आएका सम्राट भेस्पासियनले मुत्रकर पुनः लागूगरेका थिए ।

पिसाब कसरी मूल्यवान बन्यो ?

रोमन साम्राज्य में मूत्र पर लगता था टैक्सओएफ रोेबिन्सनले एन्सियन्ट रोम  सिटी प्लानिंग एण्ड एडमिनिस्ट्रेसनु नामक एक पुस्तक लेखेका छन् । सो पुस्तकमा उल्लेख भए अनुसार त्यसबेला रोममा १४४ वटा सार्वजनिक शौचालय थिए ।

उनी लेख्छन् – ती सार्वजनिक मुत्रालयहरुमा बाल्टिनहरु राखिएको हुन्थ्यो, जसलाई डोलिया कार्टा भनिन्थ्यो । ती बाल्टिनहरुमा पिसाब संकलन गरिन्थ्यो । त्यसो गर्न विलम्ब हुँदा कर्मचारीहरुलाई सजाय दिने व्यवस्था पनि गरिएको थियो ।

विज्ञका अनुसार पिसाब युरियाको एउटा ठूलो स्रोत हो, जुन एक हाइड्रोजन तथा नाइट्रोजन कार्वनिक यौगिक हो । यदि त्यसलाई लामो समयसम्म जम्मा गरियो भने युरिया एमोनियामा परिणत हुन्छ ।

काँच, स्टिल तथा तेलको दागजस्ता विभिन्न चिजहरुको सरसफाइका लागि अहिले जुन तरल पदार्थहरुको प्रयोग गरिन्छ, त्यसमा एउटा चिज एमोनिया हुन्छ ।

विज्ञका अनुसार पानीमा एमोनियाले कास्टिक सोडाले जस्तै का मगर्दछ । त्यसैले मूत्रको उपयोग जनावरको छालालाई नरम बनाउन तथा ट्यान गर्नका लागि पनि गरिन्थ्यो ।

जनावरको छालालाई पिसाबमा भिजाउनाले श्रमिकहरुलाई छालाबाट रौं तथा मासुका टुक्रा निकाल्न पनि सजिलो भयो ।

विज्ञका अनुसार फोहोर तथा तेलको दागमा जुन केही अम्लीय हुन्छ, त्यसलाई एमोनियाको प्रयोग गरेर हटाउन सकिन्छ । पिसाबबाट केवल सेतो चमक आउने मात्र होइन रंगमा पनि निखार आउँछ ।

ओएफ रोबिन्सन आफ्नो पुस्तकमा लेख्छन् – पिसाबलाई बाल्टिनहरुमा भरेर घाममा राखिन्थ्यो ताकि त्यो निर्मलीकरण भएर एमोनियामा परिणत हुन्थ्यो ।

पिसाबको प्रयोग र कपडा धुनेहरु

निकोलस सोकिकले भ्यान्कुभर सनमा प्रकाशित एक लेखमा बताए अनुसार एमोनियाको कारणले नै प्राचीन रोमका मानिसहरुले आफ्ना दाँत चम्काउनका लागि माउथ वासको रुपमा पिसाबको प्रयोग गर्दथे ।

तर रोमन सेना तथा रोमन कलात्मक वस्तुहरुका बारेमा शोध गरिसकेका डाक्टर माइक बिसप भन्छन् – सबै रोमनले यस्तो गरेका हुन् भन्ने होइन । क्याटलस नामका एकजना कविले आफ्नो एउटा कवितामा यस्तो गर्नेहरुको मजाक पनि उडाएका छन् ।

रोमन साम्राज्य में मूत्र पर लगता था टैक्स

इतिहासकार तथा मारिस्ट कलेजमा दर्शनशास्त्रका प्राध्यापक जोशुआ जे मार्कका अनुसार प्राचीन रोममा कपडा धुने पेशा अँगालेका मानिसहरु (जसलाई फुलर्स भनिन्थ्यो) ले कपडाको सफाइ गर्न तथा चम्काउनका लागि प्राकृतिक ब्लिचिङ एजेन्टको रुपमा मानिस तथा जनावरको मुत्रको प्रयोग गर्दथे ।

यसो गरेका कारण उनीहरुलाई अपमानजनक दृष्टिबाट हेरिन्थ्यो । तथापि त्यसबेला कैयन् यस्ता धोबीहरु ज्ो सफल थिए र उनीहरुले सो कामबाट मनग्गे रकम कमाइरहेका थिए ।

त्यस्तै प्राचीन रोमका विषयमा शोध गरेका इतिहासकार बिके हार्वेले लेखेका छन्-धोबीहरुलाई उनीहरुको काममा पिसाबको प्रयोगका लागि अपमानजनक दृष्टिले हेरिन्थ्यो । तर अर्कोतर्फ उनीहरु रोममा सबैभन्दा धेरै तलब खाने पेसेवरहरु मध्येमा पर्दथे ।

उनी लेख्छन्, ‘धेरै धोबीहरुले आरामदायी जीवन जिउँथे र आफ्ना मजदुरहरुलाई पनि राम्रो ज्याला दिन्थे । उनीहरुका लागि पिसाब यतिधेरै मूल्यवान थियो कि यसको खरिद तथा बिक्रीमा पनि कर लगाइएको थियो ।

रोमन मानिसहरुले घरमा न त नुहाउँथे, न त कपडा नै धुन्थे । त्यसैले उनीहरुले आफ्ना कपडा सफा गराउनका लागि धोबीहरुकोमा लैजानु पथ्र्यो । प्राध्यापक जोशुआका अनुसार मिश्र तथा युनानमा पनि धोबीहरु भएका प्रमाण फेला परेका छन् ।

उनी लेख्छन्, ‘धोबीहरुको प्रयास हुन्थ्यो कि सार्वजनिक शौचालयहरुबाट जतिसक्दो धेरै मूत्र संकलन गर्न सकियोस् । उक्त मूत्रलाई एउटा ठूलो भाँडोमा हालिन्थ्यो र त्यसमा कपडा भिजाइन्थ्यो । त्यसपछि केही मानिसलाई भिजाइएका ती कपडाहरु मस्काउँदै त्यसमाथि हिँड्न लगाइन्थ्यो । यसबाट आधुनिक वाशिंग मेसिनकै जस्तै कपडामा दबाब पथ्र्यो र कपडामा रहेको दृर्गन्ध र दागधब्बा हट्दथ्यो ।’

कपडा सफा गर्ने त्यो तरिका लामो समयसम्म चल्यो । रोमन साम्राज्यको पतनपछि पनि मानिसहरुले तबसम्म यहीँ तरिकाबाटै आफ्ना कपडा सफा गर्ने गरेका थिए जबसम्म पिसाबको ठाउँमा साबुनको प्रयोग भएको थिएन ।

साइमन भर्निज र सारा बेस्टले यस विषयमा एउटा शोधपत्र नै तयार पारेका छन् । उनीहरुलाई त्यसमा रोमनकालीन तरल सुन भनेका छन् र लेखेका छन्, ‘यसको प्रयोग छालालाई नरम बनाउन तथा कपडा तथा ऊनी कपडाहरुको सरसफाइँका साथै रंगाइमा पनि गर्ने गरिन्थ्यो । सन् १८५० को दशकसम्म कपडाको रंगाइ तथा सफाइका लागि मूत्र एमोनिया एउटा मूल्यवान स्रोतको रुपमा रहेको थियो ।

पिसाबमा कर

रोमन सम्राट निरोले पिसाबमा लगाइएको कर खारेज गरेका थिए । तर उनका उत्तराधिकारी भेस्पासियनले त्यसलाई पुनः लागू गरे ।

इतिहास तथा पुरातत्वका शोधार्थी कर्ट रिडम्यानका अनुसार मानिसहरुले मूत्रकरको विरोध गरे । जसका कारण निरोले छिट्टै नै पिसाबमाथि लगाइएको करलाई रद्द गरेका थिए ।

स्यामुएल माचाक्सले लेखेका छन् कि निरोले आफ्ना नीतिहरुबाट पूरै साम्राज्यलाई टाट पल्टाइदिएका थिए । सिनेटले निरोका जनताहरुलाई नै शत्रु घोषित गरिदिएका थिए । त्यसैले उनले आत्महत्या गरे र रोममा गृहयुद्ध छेडियो ।

सोही अराजकताको बीचमा भेस्पासियनको उदय भयो । उनी आफ्नो वित्तीय उत्तरदायित्व तथा सैन्य अभियानका कारण एकजना जनसेवकको रुपमा चिनिएका थिए ।

जब भेस्पासियन राजा बने तब उनलाई शाही खजाना रित्तिएको थाहा भयो ।

कर्ट रिडम्यानका अनुसार आफ्नो शासनको एक दशकमै उनी रोमको वित्तीय अवस्थामा सुधार गर्न सफल भए ।

वास्तवमा उनीसामु कर राजश्वलाई तिनगुणा बनाउनु जरुरी थियो । त्यसैले निरोले जस्तो उनले मूत्रकरलाई हटाएनन् ।

वास्तवमा यो करको विरोधमा ती मानिसहरु थिए जसले पिसाबबाट पैसा कमाउँथे । यसमा जनावरको छालाको काम गर्नेहरु, कपडा मजदुर, लन्ड्री व्यवसाय अर्थात् कपडा धुने पेसा गर्नेहरु आदि थिए । उनीहरुले सार्वजनिक शौचालयको नाम परिवर्तन गरेर भेस्पासियन राखेका थिए ।
भेस्पासियनपछि इटालीमा सार्वजनिक शौचालयलाई भेस्पासियानो तथा प|mान्समा भेस्पासियन भन्न थालिएको हो ।

जब सन् ७९ मा भेस्पासियनको मृत्यु भयो तब रोम एउटा धनी देशको रुपमा स्थापित भैसकेको थियो ।

उनका शब्दावली ुपेकुनिया नन ओलेटु अहिले पनि इटालियन भाषामा चर्चित छ । यसको अर्थ हुन्छ, ‘पैसा निकै महत्वपूर्ण हुन्छ, चाहे त्यो जहाँसुकैबाट आओस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?