+
+

‘डन ३’ मा कियारा आड्वाणी, फिल्म सन् २०२५ मा रिलिज हुने

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ८ गते १७:२०

काठमाडौं । बलिउड फिल्म ‘डन ३’ का निर्माताले मुख्य अभिनेत्री घोषणा गरेका छन् । फरहान अख्तर र एक्सेल इन्टरटेनमेन्टले सामाजिक सञ्जालमा भिडियो सेयर गर्दै यसबारे जानकारी दिएका हुन् ।

अभिनेत्री कियारा आडवाणीलाई ट्याग गर्दै उनले क्याप्सन लेखेका छन्, ‘डन युनिभर्समा स्वागत छ कियारा आडवाणी ।’

‘डन’ फ्रेन्चाइजीको तेस्रो फिल्म ‘डन ३’ मा शाहरुख खानको स्थानमा रणवीर सिंह डनको भूमिकामा देखिनेछन् । निर्माताले फिल्ममा प्रियंका चोपडाको सट्टा रणवीरको अपोजिटमा कियारा आडवाणीलाई कास्ट गर्ने निर्णय गरेका हुन् । निर्देशकमा फरहान अख्तर हुनेछन् ।

भेराइटीसँगको एक अन्तर्वार्तामा फरहानले ‘डन ३’ को कथालाई आफूले स्पष्ट दिशा चाहेको बताएका थिए । तेस्रो श्रृंखलालाई लिएर फरहान र शाहरुख सहमत नहुँदा यो फिल्ममा रणवीर कास्ट भएको जनाइएको छ ।

फरहान भन्छन्, ‘म कसैलाई रिप्लेस गर्ने अवस्थामा छैन । हामीले वर्षौंदेखि यी कुरामा छलफल गर्दै आएका थियौं । कथालाई कुन दिशामा लैजाने भन्ने कुरामा म र शाहरुख सहमत थिएनौं । आपसी सहमतिमै हामीले अलग हुने निर्णय गर्‍यौं । आउने श्रृंखलाका लागि यो निर्णय राम्रो हुनेछ भन्ने मलाई लागेको छ ।’

फिल्मको घोषणा भएदेखि नै शाहरुखको ठाउँमा रणवीरलाई कास्ट गर्ने निर्णयलाई लिएर ट्रोल हुन थालेको थियो । एक अन्तर्वार्तामा फरहानले रणवीरको पक्ष लिंदै उनलाई समर्थन गरेका थिए । उनले रणवीर यो शृंखलाका लागि उत्कृष्ट रहेको बताएका थिए ।

रणवीरले पनि ट्रोल गर्नेहरुलाई जवाफ दिएका छन् । यसबारे एक अन्तर्वार्तामा सोधिएको प्रश्नमा उनले भनेका छन्, ‘परिवर्तन स्वभाविक हो, यो सिनेमाको इतिहासमा पहिले पनि भएको छ । यो बहस पनि भएको थियो जब डेनियल क्रेगलाई बन्ड फ्रान्चाइजीमा ल्याइएको थियो ।’ साथै उनले ‘डन ३’ भारतीय फिल्मको सबैभन्दा ठूलो फ्रेन्चाइज भएको समेत बताए । ‘यसको कमाण्ड मलाई सुम्पिनु ठूलो कुरा हो । यसमा म सक्दो दिने प्रयास गर्नेछु,’ रणवीरको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?