+
+

एमाले कैलालीमा सहमति प्रयास असफल, अध्यक्षमा ४ जनाको उम्मेदवारी

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ९ गते १२:२७

९ फागुन, धनगढी । नेकपा एमाले कैलालीको अध्यक्षका लागि चार जनाको उम्मेदवारी परेको छ ।

सहमतिको प्रयास असफल भएपछि अधिवेशन सुरु भएको चौंथो दिन आज बुधबार निर्वाचन प्रक्रिया अघि बढाइएको हो ।

निर्वाचन कमिटीका अनुसार अध्यक्षमा हालका कार्यवाहक अध्यक्ष दुर्गाप्रसाद जोशी, सचिव डेजी पाण्डे, पूर्वप्रदेश सचिवालय सदस्य यज्ञराज ढुंगाना र जिल्ला कमिटी सदस्य कमलसिंह रानाले उम्मेदवारी दिएका छन् ।

उपाध्यक्षमा लोकेन्द्रबहादुर शाही, विष्णु चौधरी, दलबहादुर विष्ट वीरेन्द्र रावल, आनन्द भट्ट र मदनराज ओझाको उम्मेदवारी परेको छ भने सचिवमा ममताप्रसाद चौधरी, दानबहादुर विश्वकर्मा र विष्णुकुमार चन्दको उम्मेदवारी परेको निर्वाचन कमिटीले जनाएको छ ।

उपसचिवमा किशोर शाह, रत्ना कुवर, नृप खड्का, भुवन रिजाल, चुडामणी भट्ट, मदनराज रेग्मी, राजु गुरुङ,चक्र बहादुर विष्ट, अम्बिका विष्ट मल्ल, गंगाकुमारी चौधरी, शान्तिदेवी सिंह र गीता चौधरीले उम्मेदवारी दिएका छन् ।

निर्वाचन कमिटिले दिउँसो २ बजेदेखि ५ बजेसम्म मतदानको समय तोकेको छ ।

एमाले कैलालीमा सहमतीको माध्यमबाट नेतृत्व चयन गर्ने प्रयासले सार्थकता नपाएपछि मतदानको प्रक्रिया अघि बढानइएको हो तर यो बीचमा समेत सहमतीका लागि छलफलको प्रयास गरिने एमाले नेताहरुले बताइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?