+
+

गुल्मीमा एक जना युवा जंगलमा मृत भेटिए

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ९ गते १६:२५

९ फागुन, गुल्मी । गुल्मीमा एक युवक मृत फेला परेका छन् । जिल्लाको इस्मा गाउँपालिका वडानम्बर ६ का २१ वर्षका टिकाबहादुर कुमाल मृत फेला परेको प्रहरीले जनाएको छ ।

गत माघ २५ गते कसैलाई जानकारी नगराई हिडेको प्रहरीले जनाएको छ ।

युवा सोही वडाको जङ्गलको भिरमा रुखमा अड्किएको अबस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक डिल्लीनारायण पाण्डेले बताए ।

शवलाई पोषटमार्टम गर्नका लागि गुल्मी अस्पताल ल्याइएको छ ।

घटनाबारे थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक किरण सापकोटाको नेतृत्वमा प्रहरी परिचालन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?