+
+

कैलालीकाे चुरेमा विस्फाेट, ४ जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ९ गते २२:०७

९ फागुन, धनगढी । कैलालीको चुरेमा विस्फोटक पदार्थ विस्फोट हुँदा चार जना घाइते भएका छन् । उनीहरू मध्ये दुई जनाकाे अवस्था गम्भीर रहेकाे छ ।

बुधबार चुरे गाउँपालिका-३ सहजपुर नजिकै भीमदत्त राजमार्गमा जेसिबीले सडक विस्तार गर्ने क्रममा विस्फोटक पदार्थ विस्फाेट भएको कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर बिष्टले बताए ।

उनकाअनुसार घाइते हुनेमा जेसिबी चालकसहित चुरे गाउँपालिका-३ बस्ने ४५ वर्षीय वसन्त खडायत, कञ्चनपुरका २२ वर्षीय हिरा थापा र नवीनदेव अवस्थी रहेका छन् ।

उनीहरू तिनै जनाकाे धनगढीकाे माया मेट्राे अस्पतालमा उपचार भइरहेको छ । खडायत र थापाकाे अवस्था गम्भीर रहेकाे छ । उक्त विस्फोटक पदार्थ सशस्त्र द्वन्दका बेला राखिएको हुनसक्ने प्रहरीले अनुमान गरेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?