
फाइल तस्वीर
१० फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभपति रवि लामिछानेले किसानको आन्दोलनलाई नजरअन्दाज नगर्न सरकारलाई चेतावनी दिएका छन् ।
बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले देशभरिका दूध किसान र मह किसानहरु मारमा पर्दा पाउडर दूध र नक्कली मह विदेशबाट आयात भइरहेको उनले बताए ।
‘मेरो निर्वाचन क्षेत्र र देशभरका दूध किसान र मह किसानहरु मारमा परेका छन् । अर्कोतिर पाउडर दूध र नक्कली मह विदेशबाट आयात भइरहेको छ । किसानको आन्दोलनलाई नजरअन्दाज गरे किसानहरुले सरकार ढाल्नेसम्मको सामर्थ्य राख्दछन् । होशियार रहनुहोला,’ उनले भने ।
उनले भूमिहीन सुकुमबासीहरुलाई चुनावी फन्डका लागि भूमि दिइन्छ भनेर आश्वासन दिने गरेको भन्दै चुनावी फन्डा नभइ सुकुमबासी आयोग र भूमि आयोगले विशेष ध्यान दिइ समस्या समाधान गर्नुपर्नेमा जोड दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4