+
+

मछिन्द्रले जित्यो बागमती गोल्डकपको उपाधि

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १० गते २०:४५

१० फागुन, काठमाडौं । मछिन्द्र फुटबल क्लबले पुर्वी मकवानपुरको बागमती गाउँपालिकामा भएको छैठौं संस्करणको बागमती गोल्डकपको उपाधि जितेको छ ।

बागमती गाउँपालिका– ८, स्थित जनता माविको खेल मैदानमा भएको फाइनल खेलमा विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई ४–० को फराकिलो गोल अन्तरले हराउँदै मछिन्द्रले उपाधि जितेको हो ।

जारी सिजनका मोफसलका तीन वटा प्रतियोगितामा हार व्यहोरेको मच्छिन्द्रले मकवानपुरमा उपाधि जितेको छ । २७ माघमा मकवानपुरकै हेटौंडामा भएको शहीद स्मृति गोल्डकपको उपाधि विजेता एपीएफ पराजित हुन पुग्यो ।

एपीएफले हेटौंडामा भएको गोल्डकपको प्रि–क्वार्टरफाइनल खेलमा टाइब्रेकरमा ४–३ गोलले मछिन्द्र क्लबलाई पराजित गरेको थियो । मछिन्द्रले एक महिना नबित्दै हेटौंडामा व्यहोरेको हारको बदला बागमतीमा तिरेको छ ।

मछिन्द्रको जितमा क्रिष्टोफर चिजोवाले दुई र करिमले एक गोल गरे । खेलको १४ औं मिनेटमा करिमले गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाएका थिए । चिजोवाले खेलको ५७ औं मिनेटमा र ६३ औं मिनेटमा गोल गरे ।

मछिन्द्रले एक आत्मघाती गोल उपहारको रुपमा पायो । खेलको ६२ औं मिनेटमा मछिन्द्रका स्टेफेन समीरको प्रहारलाई रोक्न खोज्दा एपीएफका डिफेन्डर कुलदीप कार्कीले आत्मघाती गोल गर्न पुगे । बिजेता मछिन्द्रले १० लाख रुपैयाँ र उपविजेता एपीएफले ५ लाख रुपैयाँ पाएको छ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी मछिन्द्रका उत्सव राई घोषित भए । उनले १ लाख १ हजार रुपैयाँ हात पारे । उत्कृष्ट गोलरक्षक मछिन्द्रका प्रदीप भण्डारी, डिफेन्डर एपीएफका कुलदीप कार्की, मिडफिल्डर विशाल तामाङ, फरवार्ड मछिन्द्रका हिसुव थपलिया र प्रशिक्षक मछिन्द्रका सन्तोष न्यौपाने घोषित भए । उनीहरुले जनही २५–२५ हजार रुपैयाँ पाए ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?