+
+

धनुषामा मदन भण्डारी कप राष्ट्रिय महिला हक्की प्रतियोगिता हुने

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १३ गते १०:३२

१३ फागुन, जनकपुरधाम । धनुषाको महेन्द्रनगरमा प्रथम मदन भण्डारी कप राष्ट्रिय महिला हक्की प्रतियोगिता हुने भएको छ ।

मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगर स्थित क्षिरेश्वर माध्यमिक विद्यालयको खेल मैदानमा सोमबारदेखि हुने प्रतियोगिताको पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले उदघाटन गर्ने कार्यक्रम रहेको छ ।

फागुन १९ गतेसम्म हुने हक्कीमा कर्णालीबाहेक ६ प्रदेशसहित ८ वटा टिम सहभागी हुने आयोजक एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले जानकारी दिए ।

जसमा ६ वटा प्रदेश, १ विभागीय र एक आयोजक टिम रहने छ । १४४ जना महिला खेलाडी खेलमा सहभागी हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको प्रथम पुरस्कार एक लाख ५० हजार, द्वितीय पुरस्कार उक लाख र तृतीय पुरस्कार ५० हजार रहेको र उत्कृष्ट खेलाडीलाई १० हजार दिइने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?