+
+

बन्यो जनकपुरधामको गाइडबुक

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १३ गते १२:४२

१३ फागुन, काठमाडौं । जनकपुरका पर्यटकीय क्षेत्र समेटिएको गाइडबुक तयार पारी सार्वजनिक गरिएको छ । यसले जनकपुरको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बताइएको छ ।

जनकपुरमा आयोजित जनकपुर साहित्य महोत्सव पाँचौं संस्करणको अवसरमा पुस्तक विमोचन गरियो ।

नेपाल पर्यटन बोर्ड, जनकपुर उपमहानगरपालिका र बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्, होटल संघ नेपाल (हान) मधेश प्रदेश, नेपालल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्टस् (नाटा) मधेश प्रदेशको समन्वय तथा सहकार्यमा गाइडबुक तयार पारिएको बोर्डले जनाएको छ ।

पुस्तकले जनकपुर भ्रमणमा आउने आन्तरिक तथा वाह्य पर्यटकलाई जनकपुर मन्दिर सँगसँगै यस आसपासका अन्य पर्यटकीयस्थलहरुका बारेमा यहाँको बारेमा जान्ने अवसर पाउने अपेक्षा गरिएको छ ।

संघीय सांसद मनिष झा, विराजभक्त श्रेष्ठ, गणेश पराजुली, जनकपुर उपमहानगरपालिकाका मेयर मनोज कुमार शाह, भारत नेपाल सम्बन्ध पर्यवेक्षक नविता श्रीकान्त, बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शितल शाह र नेपाल पर्यटन बोर्डका प्रबन्धक तथा जीविकोपार्जन पूनरुत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) को राष्ट्रिय कार्यक्रम संयोजक श्रद्धा श्रेष्ठ, ब्राण्ड विज्ञ रञ्जित आचार्यले संयुक्त रुपमा गाइडबुक विमोचन गरे ।

उक्त पुस्तकमा जनकपुरधामको समग्र परिचय, एतिहासिक तथा धार्मिक महत्व, जनकपुर वरिपरिका अन्य धार्मिक तथा पर्यटकीय क्षेत्रहरुका बारेमा जानकारी दिनुका साथै मिथिला कला तथा खानाको बारेमा समेत उल्लेख गरिएको छ । यो पुस्तक नेपाली, मैथिली र हिन्दी गरी थप तीन भाषामा प्रकाशनको तयारी गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?