+
+

भारतमा सिंहको नामबारेको विवाद अदालतसम्म

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १४ गते १२:५६

भारतमा जनावरको नाममा समेत हिन्दुत्वको राजनीतिक घुसेको छ । विश्व हिन्दु परिषद्ले पश्चिम बंगालको निकुञ्जमा रहेको सिंहको नाम फेर्नुपर्ने भन्दै अदालतमा मुद्दा हालेको छ ।

त्यस निकुञ्जमा रहेको पोथी सिंहको नाम सीता राखिएको भन्दै परिषद्ले परिवर्तनको माग गर्दै मुद्दा हालेको हो । सिंहको नाम परिवर्तनको माग विश्व हिन्दु परिषद्ले किन राख्यो त ?

यसका लागि १६ औँ शताब्दीतिर पुग्नुपर्ने हुन्छ । मुगल साम्राज्य रहेको अवस्थामा त्यहाँ रहेको भाले सिंहको नाम अकबर राखिएको  थियो । त्यसयता त्यहाँ अकबर र सीताको जोडी बनाइएको थियो ।  यसलाई धर्मनिरपेक्षताको एउटा प्रतीकका रुपमा पनि लिने गरिन्थ्यो । अकबर नाम हिन्दु अतिवादीहरुले घृणाको दृष्टिकोणबाट हेर्छन् ।

त्यसैले अहिले आएर विश्व हिन्दु परिषद्ले नाम परिवर्तनको माग राखेर मुद्दा हालेको हो । ‘मुगल साम्राज्य अकबरसँग सीता रहने कुरै हुँदैन’, परिषद्का सदस्य अनुप मण्डलले अलजजिरासँग भनेका छन् ।

यस कदमले धार्मिक आस्थामा समेत प्रहार भएकाले आफूहरुले मुद्दा दर्ता गरेको परिषद्का पश्चिम बंगालका सचिव लक्ष्मण बंशलले बताए । पश्चिम बंगालमा उक्त सिंह त्रिपुराबाट ल्याइएको हो । विश्व हिन्दु परिषद्ले विगतमा भाले सिंहको नाम राम नै राखिए पनि पछि परिवर्तन गरेको जिकिर गरेको छ । पछि त्रिणमूल कंग्रेसले नाम परिवर्तन गरेको आरोप परिषद्को छ ।

यता, पश्चिम बंगालका अधिकारीहरुले त्यस आरोपमा कुनै सत्यता नरहेको बताएका छन् । त्रिपुरामै नामकरण गरिएको पश्चिम बंगालका अधिकारीहरुको जिकिर छ । मुद्दा दर्ता भएसँगै  हिन्दु र मुस्लिम नाम भएका सिंहलाई  छुट्टाछुट्टै राखिएको छ ।

यस मुद्दाबारे संस्कृति सम्बन्धी उपप्राध्यापक मोमिता सेनले अलजजिरासँग भनेकी छिन्, ‘जनावरको नाममा समेत मुद्दा चल्ने कुराले मलाइ आश्चर्यमा राखेको छ । यो निकै चिन्ताजनक विषय हो । खतरनाक विषय त यस्ता विषयमा पनि अदालतमा नजिर स्थापित गर्न खोजिँदैछ । भारतमा सामान्य विषय पनि खतरनाक र घातक बनिरहेको उनको भनाइ छ ।

सिंहको नामलाई हिन्दु अतिवादीहरुले लभ जिहादसँग पनि जोडेका छन् । हिन्दु महिलालाई मुस्लिम बनाउनका निम्ति प्रेमको जालमा फसाउने षड्यन्त्र भइरहेको भन्दै त्यसलाई हिन्दु अतिवादीहरुले लभ जिहादको संज्ञा दिएका हुन् ।

यो भाष्य सन् २०२१ मा उदाएको थियो । त्यस बेला धर्मान्तरणविरुद्धको कानुन भारतका विभिन्न राज्यमा लागु गरिएको थियो । त्यसपछि प्रहरीले अन्तर-धर्म विवाह गर्ने जोडीहरुमाथि धरपकड समेत गरेको थियो ।

अकबर र सीताप्रति इन्टरनेटमा कस्तो छ प्रतिक्रिया ?

अकबर र सीताबारे भारतीय साइबर स्पेसमा विभिन्न मेम छाएका छन् । विशेषगरी इस्लामविरोधी मेमहरु सर्वत्र छन् । अकबर र सीताबारे मेम बनाउनेहरुमा विश्व हिन्दु परिषद्का आलोचकहरु बढी छन् । यसलाई पनि परिषद्ले अपमानका रुपमा लिएको छ ।

‘भारतमा हिन्दुहरुको भावनामा चोट पुर्‍याउन वर्जित र अन्यलाई उडाउन वा अरुको भावनामा चोट पुर्‍याउन मजाले पाइने भाष्य निर्माण हुँदै आएको छ’, मिचिगन विश्वविद्यालयमा विद्यावारिधि गरिरहेकी प्रतीक्षा मेनन भन्छिन् ।

इस्लामविरुद्धका मजाकबारे अध्ययन गरिरहेकी उनले यो कदम हिन्दुत्वको प्रोपगाण्डाका रुपमा लिएकी छिन् । ‘यदि कुनै विचारधारा वा समूहले आफू पीडित भएको दाबी गर्छ भने किन र कसरी भयो भन्ने उदाहरण पनि लिएर आउनुपर्छ । यहाँ त प्रोपगाण्डा मात्रै फैलिएको छ’, मेनन भन्छिन् ।

अकबर र सताबारे कलकत्ता हाइ कोर्टले के भन्यो

कोककाता हाइ कोर्टका न्यायाधीश सौगात भट्टाचार्यले सिंहको नामकरणको विषयमा प्रश्न उठाएका छन् । उनले जनावरका नाम देवी देवता वा पौराणिक नायक तथा स्वतन्त्रता सेनानी वा प्रवुद्ध व्यक्तिबाट राख्न नमिल्ने फैसला लेखेका छन् ।

सिंहको नाम सीता राख्नु अनुचित भएझैँ मुगल साम्राज्यका सफल सम्राट अकबरबाट पनि सिंहको नाम पनि राख्न नमिल्ने उनको फैसला छ ।

मुद्दा रिट अन्तर्गत दर्ता भएकाले अब यसको थप कुनै सुनुवाइ हुनेछैन । सेन भन्छिन्, ‘यो राजनीतिक रुपमा निकै हास्यास्पद छ । जंगलका राजा समेत राजनीतिक स्टन्टबाट अछुतो रहेनन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?