+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares
सेञ्चुरी बैंकका पूर्वसीईओद्वय पक्राउ प्रकरण :

प्रहरी भन्छ- अनियमित रुपमा कम्तीमा दुई अर्ब ऋण दिएको भेटियो

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १५ गते १२:५६
मनोज न्यौपाने ।

१५ फागुन, काठमाडौं । तत्कालीन सेन्चुरी कमर्सियल बैंकका विभिन्न शाखाबाट कमसल धितो राखेर अनियमित रुपमा कम्तीमा दुई अर्ब कर्जा प्रवाह भएको भेटिएको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गरेको अनुुसन्धानका क्रममा तीन वटा कम्पनीलाई कमसल धितो राखेर कर्जा प्रवाह गरेको भेटिएपछि बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपानेसहित १० जना पक्राउ गरिएको ब्यूरोकी एआईजी किरण बज्राचार्यले अनलाइनखबरलाई बताइन् ।

सीआईबीकी निर्देशक किरण बज्राचार्यका अनुसार, हाल प्रभु बैंकमा डेपुटी सीईओ रहेका न्यौपानेसहित बैंकका पूर्वसीईओ तुलसीराम गौतमलाई पनि पक्राउ गरिएको छ ।

उनीहरुसँगै पक्राउ पर्ने अन्यमा हाल प्रभु बैंकमा कार्यरत् कर्मचारी दिलिप बराल, दिपेश प्रधान, रमण श्रेष्ठ र राजेश भण्डारी छन् । पक्राउ पर्ने थप ४ जनाको नाम खुलेको छैन । थप केहीको प्रहरीले खोजी गरिरहेको छ ।

अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार, उनीहरुमाथि कमसल धितोका आधारमा कम्तीमा दुई अर्ब रुपैयाँ बराबरको ऋण प्रवाह गरेको आरोप छ ।

साविकको सेन्चुरी बैंक प्रभु बैंकमा गाभिएपछि प्रभुमा कार्यरत् कर्मचारीहरु पक्राउ परेका हुन् । सेन्चुरीका तत्कालीन सीईओ गौतमले राजीनामा दिएपछि न्यौपानेले नै निमित्त सीईओको जिम्मेवारी पाएका थिए ।

लामो समय सीईओ नभए पनि नेपाल राष्ट्र बैंकले सीईओ नियुक्त गर्न दबाब दिएसँगै बैंक सञ्चालक समितिले न्यौपानेलाई नै सीईओको जिम्मेवारी दिएको थियो ।

पक्राउ परेकाहरुविरुद्ध राष्ट्र बैंक ऐन विपरीतको कसुर गरेको आरोपमा अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाइने ब्यूरोका एसपी होविन्द्र बोगटीले अनलाइनखबरलाई बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?