+
+

कुशल भुर्तेलले नेदरल्याण्ड्ससँग पनि खाता खोल्न सकेनन्

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १६ गते १३:२४

१६ फागुन, काठमाडौं । त्रिकोणात्मक टी-२०आई सिरिज अन्तर्गत नेदरल्यान्ड्ससँगको खेलमा पनि कुशल भुर्तेल खाता नै नखोली पभेलियन फर्किएका छन् ।

उनी भिभियन किंग्माको चौथो बलमा एज लागेर विकेट किपरबाट क्याच आउट भएका हुन् । उनी लगातार दोस्रो खेलमा डक अउट भएका हुन् । । पहिलो खेलमा नामिवियाविरुद्ध पहिलो बलमै एलबीडब्लू आउट भएका थिए ।

नेदरल्याण्ड्ससँगको खेल  जित्न १८५ रनको लक्ष्य पछ्याएको नेपाल उनी डक आउट भएपछि सुरुमै दबाबमा परेको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ्ग गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १८४ रन बनाएको थियो ।

नेदरल्याण्ड्सका लागि माइकल लेभिटले ५४ रन बनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?