+
+

चितवनमा स्कुलबाट घर फर्किंदा हराएका बालक हेटौंडामा भेटिए

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २० गते ८:४७

२० फागुन, चितवन । चितवनको एक विद्यालयबाट घर फर्किने क्रममा बेपत्ता भएका १३ वर्षीय बालक निकेश बराल हेटौंडामा भेटिएका छन् ।

भरतपुर महानगरपालिका-१० एयरपोर्ट पछाडि रहेको ओमशान्ति एकेडेमीमा कक्षा ५ मा अध्ययनरत निकेश बराल दिउँसो साढे १ बजे विद्यालयबाट घर फर्किने क्रममा बेपत्ता भएका थिए ।

जिल्ला प्रहरी कार्यालय चितवनले निकेशलाई हेटौंडामा फेला पारिएको जानकारी दिएको छ । उनी किन, कसरी त्यहाँ पुगे भन्नेबारेमा भने प्रहरीले खुलाएको छैन ।

निकेशलाई हेटौंडाकै सामुदायिक प्रहरीमा राखिएको छ । उनका आफन्त त्यहीँ पुगेको प्रहरीले जनाएको छ ।

पोखरा महानगरपालिका-१३ घर भएका बालक निकेश गत वर्षदेखि चितवनको गीतानगरस्थित ठूलो बुवाको घरमा बसेर ओम शान्ति एकेडेमीमा पढ्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?