
२१ फागुन, काठमाडौं । प्रदेशका निजामती सेवामा एघारौं तहसम्मका पदहरू रहने भएका छन् ।संसदमा सोमबार दर्ता भएको निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्तसम्बन्धी विधेयक, २०८०मा प्रत्येक प्रदेशमा प्रदेश निजामती सेवा रहने र प्रदेश निजामती सेवामा अधिकृत एघारौं तहसम्मका पदहरू रहने गरी प्रस्ताव गरिएको हो ।
‘तर यो ऐन प्रारम्भ भएको दश वर्षपछि प्रदेश निजामती सेवामा अधिकृत बाह्रौं तहसम्मका पद कायम हुनेछन्,’ विधेयकमा भनिएको छ ।
ऐन प्रारम्भ हुनुअघि कर्मचारी समायोजनसम्बन्धी संघीय कानुनबमोजिम प्रदेशमा समायोजन भएका कर्मचारी सम्बन्धित प्रदेश निजामती सेवामा कायम रहेको मानिने विधेयकमा उल्लेख छ । यस्ता कर्मचारी प्रदेश निजामती सेवासम्बन्धी कानूनबमोजिम सेवा, समूह निर्धारण भएपछि सम्बन्धित सेवा, समूहको पदमा मिलान हुने गरी प्रस्ताव गरिएको छ ।
प्रदेश निजामती सेवाको गठन, सेवाको सर्तको निर्धारण तथा सञ्चालन संघीय ऐनमा तोकिएको मापदण्डको अधीनमा रही प्रदेश कानूनबमोजिम हुने व्यवस्था गर्न लागिएको छ ।
प्रतिक्रिया 4