+
+

माधवलाई ओलीको टेलिफोन : ‘प्रचण्डले तपाईंसँग ल्याउने कुरा मेरो पनि हो’

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २२ गते ८:०९
फाइल तस्वीर ।

२२ फागुन, काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई फोन गर्दै स्वास्थ्यलाभ कामना गरेका छन् ।

उनले नेपाललाई भेट्न प्रधानमन्त्री प्रचण्ड आउँदै गरेको भन्दै उनले अघि बढाउने प्रस्तावमा आफ्नो पनि सहमति रहेको बताए ।

अस्वस्थताले केही दिनयता कोटेश्वर निवासमा आराम गरिरहेका नेपाललाई आइतबार साँझ ओलीले बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासबाटै फोन गरेका थिए ।

ओलीले नेपाललाई फोन गर्दा प्रधानमन्त्री प्रचण्डसहित माओवादी र एमालेका केही नेता पनि साथै थिए । कुराकानीमा सहभागी माओवादी उपमहासचिव वर्षमान पुनका अनुसार सोमबार अपराह्न ओलीले नेपाललाई फोन गर्दै भने, ‘स्वास्थ्यलाभको कामना छ । म बाहिर जानुपर्ने भएकाले तपाईंलाई भेट्न आउन सकिनँ । प्रधानमन्त्रीजी त्यहाँ आउँदै हुनुहुन्छ । तपाईंसँग प्रधानमन्त्रीले ल्याउनुहुने कुरा मेरो पनि हो ।’

विगतमा ओली-प्रचण्ड विवादमा नेपाल, झलनाथ खनाललगायत पनि विभाजित भएका थिए । एमाले फुटेर एकीकृत समाजवादी बनेयता उनीहरुबीच सौहार्दता कायम हुन सकेको छैन ।

यसअघि प्रचण्ड-देउवासहित गठबन्धनमा रहेको एकीकृत समाजवादी र एमालेबीच अब नयाँ सत्ता गठबन्धन निर्माणसँगै कस्तो सम्बन्ध कायम रहला भन्ने जिज्ञासाबीच नेपाललाई ओलीको फोन गएको हो ।

पुनले भने, ‘उहाँहरुबीच पार्टी फुट्दा केही तिक्तता पक्कै भएका होलान् । तर यो सहकार्यमा हामी सँगै हुन्छौं ।’ पुनले एमाले, एकीकृत समाजवादी सहितकै सहकार्यको पक्षमा आफूहरु रहने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?