+
+

काठमाडौंको उच्च स्थानमा फुटबल हुने

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २२ गते २०:०१

२२ फागुन, काठमाडौं । महादेव युवा क्लबको आयोजनामा फागुन २६ गते नागार्जुन–७ गोतामथोकस्थित खड्कुले चौरमा सपोर्टर क्लब फुटबल च्याम्पियनसिप सिरिज हुने भएको छ ।

आयोजकका अनुसार खेलकुदका माध्यमबाट पर्यटन प्रवद्ध्धन र काठमाडौं जिल्लाकै उच्च स्थान १५९० मिटर उचाइमा रहेको सुन्दर खेल मैदानको प्रचारप्रसार गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

मैत्रीपूर्ण रुपमा हुने यस प्रतियोगितामा युरोपका चर्चित लिगका चार सपोर्टर क्लब चेल्सी नेपाल, आर्सनल नेपाल, म्यानचेस्टर युनाइटेड नेपाल, बार्सिलोना नेपालसँगै आयोजक महादेव युवा क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

नागार्जुन नगरपालिका, नागार्जुन खेलकुद विकास समिति, नागार्जुन पर्यटन प्रवद्र्धन, अनुसन्धान तथा अध्ययन समिति र तारकेश्वर युवा क्लब, स्यूचाटारको सहकार्यमा हुने प्रतियोगिताको उपाधि विजेतालाई ३० हजार नगद पुरस्कार हात पार्ने छन् ।

उपविजेतालाई नगद रु. १५ हजार र विधागततर्फ उत्कृष्ट गोलरक्षक, उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई जनही ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?