+
+

थ्री एक्स थ्री बास्केटबल च्याम्पियनसिपमा ४० टोलीले खेल्ने

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २३ गते १६:३४

२३ फागुन, काठमाडौं । नेपाल बास्केटबल संघ (नेबा) को आयोजनामा खुल्ला पुरुष तथा महिला थ्री एक्स थ्री बास्केटबल च्याम्पियनसिप हुने भएको छ ।

आयोजक नेबाले बुधबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता फागुन २६ देखि २८ गतेसम्म हुने जानकारी गराएको हो । नेबाले यसलाई थ्री एक्स थ्री को ठूलो प्रतियोगिताको रुपमा लिएको छ ।

प्रतियोगिता त्रिपुरेश्वरस्थित राखेको सेमिकभर्डहलमा हुनेछ । खुल्ला प्रतियोगिता भएकोले सबैले भाग लिन पाउनेछन् ।

पुरुषतर्फ ३२ र महिलातर्फ ८ टिम सहभागी हुने नेबाका अध्यक्ष भीम सिंह गुरुङले जानकारी दिए ।

यसमा विदेशी खेलाडी र टिमले पनि भाग लिन पाउनेछन् । जसमा बंगलादेशबाट बंगलादेश नेभी र बंगलादेश युनिभर्सिटीबाट २ टोली आउने पक्का भएको गुरुङले जानकारी दिए ।

राजस्थानबाट पनि टोली आउने कुरा भए पनि अन्तिम समयमा नआउने भएको उनले बताए । सहभागी नेपाली टिमले दुई जनासम्म विदेशी खेलाडी राख्न पाउने र प्लेइङ सेटमा एक विदेशी खेलाउने पाउने अध्यक्ष गुरुङले जानकारी दिए ।

थ्री एक्स थ्री मा एक टिममा ४ जना हुनेछन् र तीन जना खेल्नेछन् । थ्री एक्स थ्री विश्वमै चर्चितको खेलको रुपमा रहेको अध्यक्ष गुरुङले जानकारी दिए ।

नेबाले पनि थ्री एक्स थ्री लाई प्राथमिकतामा राख्ने र यसबाट थ्री एक्स थ्री को राष्ट्रिय टिम तयार गर्ने योजना रहेको नेबाले जनाएको छ ।

प्रतियोगिताको पुरुषतर्फ विजेताले नगद १ लाख र महिलाले ५० हजार प्राप्त गर्ने नेबाले जनाएको छ ।

पुरुष उपविजेताले नगद ५० हजार र महिला उपविजेताले २५ हजार पाउनेछन् ।

पुरुष र महिला दुवैको मोस्ट भ्यालुएबल प्लेअर (एमभीपी) ले समान १५ हजार पाउनेछन् ।

युनिक सोलार प्रतियोगिताको मुख्य प्रायोजकको रुपमा छ ।

यस प्रतियोगितामा नेपाली चलचित्रका अभिनेता अनुपविक्रम शाही पनि जोडिएका छन् । शाहीले आफू बच्चा देखि बास्केटबलमा रुची राख्ने व्यक्ति भएको भन्दै बास्केटबलको विकासका लागि सहकार्य गरेको बताए । उनले यो आफ्नो मन पर्ने खेल रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?