 
																			२४ फागुन, काठमाडौं । सिन्धुलीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।
मृत्यु हुनेमा ट्याक्टरमा सवार सिन्धुलीको फिक्कल गाउँपालिका-५ का ३० वर्षीय दिनेश काफ्ले रहेका छन् ।
कमलामाई नगरपालिका-३ सोलाभन्झ्याङ तुफान डाँडास्थित भित्र सडकमा बुधबार राति ११ बजे प्र२-०३-००१ त४११३ नम्बरको सिमेन्ट र रड बोकेको ट्याक्टर दुर्घटना भएको थियो ।
दुर्घटनामा चालक तीनपाटनका गोपाल तोलाङगी र दिनेश काफ्लेको उद्धार गरी जिल्ला अस्पताल पुर्याइएको थियो । उनीहरू मध्ये काफ्लेको उपचारका क्रममा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4