+
+

लोकतान्त्रिक आदिवासी जनजाति महासंघको लुम्बिनी अध्यक्षमा सिंजापती

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २७ गते १९:२६

२७ फागुन, गुल्मी । लोकतान्त्रिक आदिवासी जनजाति महासंघ लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा अम्मरसिंह सिंजापती चयन भएका छन् ।

गुल्मीको तम्घासमा शनिबार र आइतबार दुई दिनसम्म चलेको दोस्रो प्रदेश अधिवेशनले सिंजापतीको अध्यक्षतामा ५५ सदस्यीय कमिटी निर्वाचित गरेको हो ।

जसको उपाध्यक्षमा उमाशंकर चौधरी र बिना रानामगर सचिव प्रेम पुन मगर कोषाध्यक्ष देवराज श्रेष्ठ, उपसचिव लालबहादुर थापा, धनबहादुर बुढामगर रहेका छन् ।

प्रत्येक जिल्लाबाट ३/३ जनाका दरले र बाँकी १२ जना खुल्ला सदस्य गरी नयाँ कार्यसमिति चयन गरेको निर्वतमान अध्यक्ष बालसिंह काउछाले बताए ।

अधिवेशनको शनिबार पूर्वगृहमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले उद्घाटन गरेका थिए ।

अधिवेशनमा लुम्बिनी प्रदेशका ११ जिल्लाका १६० प्रतिनिधि सहभागी भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?