+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

प्रहरीसँग विवाद गरेको आरोपमा पोखराबाट रेस्टुरेन्ट व्यवसायी पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २९ गते १८:२१

२९ फागुन, काठमाडौं । प्रहरीसँग विवाद गरेको आरोपमा पोखराबाट रेस्टुरेन्ट व्यवसायी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पोखरा ३०, लेखनाथ घर भएका ३१ वर्षीय निर्मल गौतम छन् ।  गौतमले लेकसाइड ओजन गल्लीमा ‘बिर्यानी फास्ट फुड रेस्टुरेन्ट’ चलाउँदै आएका थिए ।

फागुन २६ गते मध्यरातमा ओजनगल्लीमा मदिरा सेवन गरेर युवायुवती होहल्ला गरिरहेको सूचनाका आधारमा नियन्त्रण गर्न जाँदा रेस्टुरेन्ट सञ्चालक गौतमले विवाद गर्दै प्रहरीलाई नै धम्क्याएको बैदाम प्रहरी प्रमुख डीएसपी राजेन्द्र श्रेष्ठको दाबी छ ।

‘उक्त स्थानमा गएर सम्झाइबुझाइ गर्न खोज्दा आफूसँग अदालतको आदेश भएकाले प्रहरीले केही गर्न सक्दैन भनेर गालीगलौजहित धम्की दिएकाले तत्कालै नियन्त्रणमा लिइएको हो’, डीएसपी श्रेष्ठले भने ।

पक्राउ परेका गौतमलाई जिल्ला प्रशासन कार्यालयबाट सार्वजनिक हित, स्वास्थ्य सुरक्षा सुविधा र नैतिकता विरुद्धको कसुरमा १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?