+
+
WC Series
चितवन राइनोज 2025
120/6 (20)
VS
Pokhara Avengers won by 8 wickets
Won पोखरा एभेन्जर्स 2025
121/2 (19.4)
Shares

गैरकानुनी काम गर्नेलाई सरकारले उन्मुक्ति दियो : जितजंग बस्नेत

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ३० गते १६:४०

३० फागुन, काठमाडौं । नेपाली कांग्रेसका नेता जितजंग बस्नेतले सत्ता र शक्तिको दुरुपयोग गरी गैरकानुनी कारोबार गर्नेहरुलाई वर्तमान सरकारले उन्मुक्ति दिएको आरोप लगाएका छन् । यस्ता काम कहिलेसम्म भइरहने हो ? भनेर पनि उनले प्रश्न गरेका छन् ।

सुशासन र सेवा प्रवाहमा प्रभावकारी ढंगले लाग्नुपर्नेमा नेपाल सरकारले आफ्नो ध्यान अन्यत्र केन्द्रित गरेको आरोप लगाउँदै उनले भने, ‘के नेपाल सरकार गैरकानुनी कारोबारमा संलग्नलाई उन्मुक्ति दिने संयन्त्र बन्दै गएको हो ?’

खासगरी पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पासाङका छोराहरु सुन तस्करी प्रकरणमा मुछिएको प्रसंगमा उनले माओवादी केन्द्रका नेताका छोराहरु गैरकानुनी कारोबारमा संलग्न भएका सूचना पटक पटक आए पनि उनीहरुलाई अनुसन्धानको दायरामा नल्याई उन्मुक्ति दिन खोजिएको आरोप लगाए ।

‘माओवादी केन्द्र सरकारमा रहँदासम्म यस्ता गैरकानुनी कारोबारका अनुसन्धान नहुने र आफ्ना कार्यकर्तालाई उन्मुक्ति दिइरहने हो ? सत्ता र शक्तिको दुरुपयोग गर्दा यस्ता गैरकानुनी कारोबार गर्न सहज हुने बनाउन हो ? यस्तै गतिविधि गर्न सत्ता र शक्तिमा रहिरहन लालायित हो ?’ गृह प्रशासनको भूमिकामा प्रश्न गर्दै उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?