+
+

‘काँडेतार’लाई शान्तिपूर्ण प्रदर्शनको वातावरण मिलाउन तीन फिल्म संस्थाको आग्रह

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १ गते १८:०४

काठमाडौं । चलचित्र निर्माता संघ, निर्देशक समाज र कलाकार संघले बिहीबार अलग-अलग विज्ञप्ति जारी गर्दै फिल्म ‘काँडेतार’लाई शान्तिपूर्ण वातावरणमा प्रदर्शन गर्ने व्यवस्था गर्न माग गरेका छन् ।

फिल्म प्रदर्शन गरे निर्मातालाई भौतिक कारवाही गर्ने धम्की आएको भन्दै उनीहरुले यसप्रति आफूहरुको गम्भीर ध्यानाकर्षण समेत भएको बताएका छन् ।

उनीहरुले धम्की कोबाट आयो भनेर उल्लेख गरेका छैनन् तर निर्देशक तथा निर्माता नवल खड्काले केही दिनअघि आदिवासी जनजाति अभियन्ता आङकाजी शेर्पाले धम्की दिएको भन्दै फेसबुकमा भिडियो सेयर गरेका थिए ।

यो भिडियो सार्वजनिक भएलगत्तै खड्काले आफू अध्यक्ष रहेको चलचित्र निर्माता संघ र चलचित्र संघमा उजुरी दिएका थिए । उनले आफूलाई धम्काइएको र राम्रो अकुपेन्सी हुँदाहुँदै फिल्म उतारिएको भन्दै उक्त उजुरीमा असन्तुष्टि पोखेका थिए ।

चलचित्र निर्देशक समाजले विज्ञप्तिमा खड्काको शान्ति सुरक्षाको व्यवस्था गर्न तथा शान्तिपूर्ण वातावरणमा फिल्म देखाउनुपर्ने बताएको छ । चलचित्र कलाकार संघले निर्वाध रुपमा फिल्म चल्ने वातावरण कायम गर्नुपर्ने माग गरेको छ ।

चलचित्र निर्माता संघले खुलेआम धम्की दिनु अभिव्यक्ति स्वतन्त्रता र संविधानमाथिको बर्खिलाप भएको बताएको छ । फिल्म ‘काँडेतार’लाई यसका निर्माताले आइतबारदेखि देशभरका हलबाट उतारेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?