+
+

नेपालले आज मलेसियासँग मैत्रीपूर्ण फुटबल खेल्दै

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २ गते ९:३८

२ चैत, काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले आज मलेसियासँग मैत्रीपूर्ण खेल खेल्दैछ ।

फिफा विश्व कप र एसियन कप संयुक्त छनोट अन्तर्गत बहराईन विरुद्ध हुने खेलको तयारीका लागि नेपालले मलेसियासँग खेल्न लागेको हो ।

खेल नेपाली समय अनुसार बेलुका ७ः४५ बजे शाह आलमस्थित यूनिभर्सिटी टेक्नोलोजी मारा स्टेडियममा हुनेछ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार खेल अनौपचारिक रूपमा बन्द स्टेडियममा हुनेछ र दर्शकलाई प्रवेश गराइने छैन । यस्तै खेलको प्रत्यक्ष प्रसारण समेत नहुने एन्फाले जनाएको छ ।

यसपटक नेपाली टोलीमा ६ नयाँ खेलाडी समावेश छन् भने भरत खवासले कमब्याक गरेका छन् ।

आयुष घलान, गोलकिपर दीप कार्कीलगायतका केही खेलाडी बन्द प्रशिक्षणमै सहभागी नभएपछि मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले नयाँ खेलाडी समावेश गरेर टिम बनाएका हुन् ।

अभिषेक लिम्बु, अजय चौधरी, सौभाग्य राई (सन्जित), विशाल बस्नेत, रोहन कार्की र समिर तामाङ पहिलो पटक टिममा परेका हुन् ।

मलेसियासँग खेलेपछि नेपाली टोली उतैबाट बहराइन जानेछ ।

नेपाल र बहराइनबीच यही चैत ८ र १३ गते बहराइनमै खेल हुनेछ । होम एण्ड अवेका आधारमा छनोटका खेलहरु हुने गरेपनि दशरथ रंगशाला खेल खेलाउन लायक नभएपछि  नेपालले घरेलु मैदानमा खेल्नुपर्ने खेल पनि बहराइनमा हुन लागेको हो ।

नेपाली टोली

गोलकिपर : किरण चेम्जोङ, अभिषेक बराल, विशाल सुनार

डिफेन्डर : अभिषेक लिम्बु, अजय चौधरी, अनन्त तामाङ, छिरिङ लामा, सनिश श्रेष्ठ, सौभाग्य राई (सन्जित), सुमित श्रेष्ठ

मिडफिल्डर : भरत खवास, विशाल बस्नेत, लाकेन लिम्बु, मणिकुमार लामा, मनिष डाँगी, रोहन कार्की, उत्सव राई

फरवार्ड : अन्जन विष्ट, दीनेश हेन्जन, हिसुब थपलिया, समिर तामाङ, सन्जिव विष्ट, जिलेस्पी जंग कार्की

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?