+
+

टेनिस टोली मलेसिया प्रस्थान

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २ गते १७:२८

२ चैत, काठमाडौं । विश्व जुनियर टिम टेनिस प्रतियोगिता (डब्लूजेटीसी गर्ल्स टिम) फाइनल क्वालिफाइङ इभेन्टमा सहभागी हुन २ खेलाडीसहित ३ सदस्यीय नेपाली टोली शुक्रबार मलेसियाको कुचिङ प्रस्थान गरेको छ ।

मार्च १८ देखि २३ तारिखसम्म हुने प्रतियोगितामा शिभाली गुरुङ र स्वस्तिका विष्टले नेपालको चुनौती प्रस्तुत गर्नेछन् ।

सरावक लनटेनिस संघको आयोजनामा हुन लागेको प्रतियोगितामा सहभागीले २ सिंगल र १ डबल स्पर्धा खेल्नुपर्ने नेपाल टेनिस संघका कार्यालय सचिव प्रवीण देवकोटाले जनाएका छन् ।

प्रशिक्षकमा कान्छा खड्गे रहेका छन् । टोलीलाई सफलताको शुभकामना दिंदै नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणाले शुक्रबारै एक कार्यक्रमबीच बिदाइ गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?