News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली फुटबल खेलाडी अनन्त तामाङ र एरिक विष्ट बंगलादेशको फोर्टिस एफसी लिमिटेडमा अनुबन्धित भएका छन् ।
- खेलाडीहरूले बंगलादेश प्रिमियर लिगसँगै एएफसी च्यालेन्ज लिगको प्रारम्भिक चरण खेल्ने गरी सम्झौता गरेका छन् ।
- नेपालमा शीर्ष डिभिजनको लिग नहुँदा खेलाडीहरू विदेशका लिग खेल्न जान बाध्य भएका हुन् ।
१४ साउन, काठमाडौं । नेपाली फुटबलरद्वय अनन्त तामाङ र एरिक विष्ट बंगलादेशी क्लब फोर्टिस एफसी लिमिटेडमा अनुबन्ध भएका छन् ।
बंगलादेश प्रिमियर लिग फुटबलका लागि फोर्टिस एफसीले डिफेण्डर अनन्त र मिडफिल्डर एरिकलाई अनुबन्ध गरेको हो । लिगका लागि उनीहरू बंगलादेश पुगिसकेका छन् ।
अनन्तले गत सिजन पनि फोर्टिसबाटै बंगलादेशको लिग खेलेका थिए । यस्तै एरिकले ब्रदर्थ युनियनबाट लिग खेलेका थिए ।
अनन्त र एरिकले पहिलो पटक एकै क्लबबाट बंगलादेशी लिगमा खेल्न लागेका हुन् । यी दुईले राष्ट्रिय टिमदेखि नेपालको घरेलु लिगमा पनि एकसाथ खेलिसकेका छन् ।
बंगलादेशको लिग करिब ६ महिना सञ्चालन हुनेछ । लिग र एएफसी च्यालेन्ज लिगको प्रारम्भिक चरणको खेल खेल्ने गरी सम्झौता भएको एरिकले बताए ।
बंगलादेशबाट बंगलादेश पुलिस एफसी र फोर्टिस एफसीले एएफसी च्यालेन्ज लिगको प्रारम्भिक चरण खेल्नेछ । जहाँ फोर्टिसले अगष्ट ११ मा कीर्गिस्तानको मुरास युनाइटेडसँग खेल्नेछ भने बंगलादेश पुलिसले सिरियाको अल इतिहास अहलीसँग खेल्नेछ । यो खेल जित्न सके एएफसी च्यालेन्ज लिगको मुख्य चरणमा प्रवेश गर्नेछ ।
बंगलादेशको फुटबल लिग भने अगष्ट अन्तिममा सुरु हुनेछ । नेपालमा लामो समयदेखि शीर्ष डिभिजनको लिग हुन सकेको छैन भने हाल अखिल नेपाल फुटबल संघ (एन्फा) पनि फिफाको निलम्बनमा छ ।
नेपालमा फुटबल गतिविधि नहुँदा खेलाडीहरु अन्य देशको लिग खेल्न गएका हुन् ।
प्रतिक्रिया 4