काठमाडौं । कमेडियन बिक्की अग्रवालले नयाँ टेलिभिजन हास्य शो ‘कमेडी दरबार’ ल्याउने भएका छन् । यसअघि ‘आम्मा कसम याँ दुख्छ’ ल्याएका उनले सोमबार नयाँ शोको घोषणा गरेका हुन् ।
अहिले शोको सेट र कलाकारको टिम छनोट प्रक्रियामा छ । अभिनेता विजय बराल शोमा अनुबन्धित भएका छन् । तर शोमा उनको भूमिका के हो भन्नेबारे अग्रवालले खुलाएका छैनन् ।
सोमबार नै यी दुईबीच लिखित सम्झौता भएको छ । ‘हामीले यसअघि गरेका शोहरु भन्दा अझ लार्ज स्केलको रुपमा कमेडी दरबारलाई लिएका छौं । अहिले बिजय बराल अनुबन्ध भइसक्नुभएको छ, अन्य कलाकार फाइनल हुनेक्रममा हुनुहुन्छ,’ अग्रवालले भने ।
कार्यक्रम पारिवारिक कमेडीमैत्री हुने जनाइएको छ । शोलाई बिक्की र श्रद्धा प्रसाईंले निर्देशन गर्नेछन् । शोको प्रसारण मिति तोकिएको छैन तर छिट्टै आउने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4