+
+

महिला क्रिकेटकी पहिलो कप्तान नेरीद्धारा सन्न्यासको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ५ गते २२:४७

५ चैत्र, काठमाडौं । नेपाली महिला क्रिकेट टोलीकी पहिलो कप्तान नेरी थापाले अन्तर्राष्ट्रिय र घरेलु दुबै क्रिकेटबाट सन्न्यास लिएको घोषणा गरेकी छिन् ।

सोमबार सामाजिक सञ्जाल फेसबुक मार्फत उनले सन्न्यास लिएको घोषणा गर्दै यो १७ वर्ष यात्रामा साथ दिने आफ्नो परिवारलाई विशेष धन्न्यावाद दिएकी छिन् ।

बाँकेमा जन्मिएकी नेरीले नेपालले सन् २००७ मा पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेटमा सहभागी जनाउँदा नेपालको कप्तानी गरेकी थिइन् । उनको कप्तानीमा नेपालले एसीसी वुमन्स प्रतियोगिता फाइनलमा बंगलादेशसँग हार्न पुगेको थियो ।

पछिल्लो समय भने उनी नेपालको महिला टोलीमा थिइनन् । एपीएफबाट घरेलु क्रिकेट खेल्दै राम्रो अलराउन्ड प्रदर्शन गरेपनि फिटनेश र युवा खेलाडीलाई प्राथमिकतामा राख्दा उनले मौका पाउन सकेकी थिइनन् ।

नेपालगञ्ज स्थित शान्तिनगरमा घर भएकी नेरी २००७ देखि २०१९ सम्म नेपाली टोलीमा लगातार खेलेकी थिइन् । सन् २००८ मा नेरीको कप्तानीमा थाईल्यान्डमा एसिसी यू-१९ वुमन्स च्याम्पियनसिपको फाइनलमा मलेसियालाई ७ विकेटले हराउँदै उपाधि जितेको थियो । २०१० मा पनि नेरीकै कप्तानीमा सिंगापुरमा सम्पन्न एसिसी यू-१९ वुमन्स च्याम्पियनसिपको उपाधि नेपालले जितेको थियो ।

उनले अन्तिम पटक २०११ मा कुवेतमा भएको एसिसी वुमन्स टी-२० प्रतियोगितामा नेपालको कप्तानी गरेकी थिइन् । त्यसअघि नेपालले ऋतु कनौजिया र निरा राजोपाध्यलाई पनि कप्तान बनाएको थियो । २०११ पछि भने रुविना २०२३ सम्म कप्तानी सम्हाल्लेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?