+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
147/6 (20)
VS
९२ बलमा ९० रन आवश्यक
विराटनगर किंग्स 2025
58/0 (4.4)
Shares

केयू मातहत रहन उपत्यकाका ६ अस्पतालले पठाए प्रस्ताव

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ७ गते १४:४७

७ चैत, काठमाडौं । काठमाडौं उपत्यकाका ६ निजी तथा सामुदायिक अस्पतालले काठमाडौं विश्वविद्यालय (केयू) सँग सहकार्य गर्न प्रस्ताव पठाएका छन् ।

१८ फागुनमा केयूले अस्पताल सेवा र विस्तारका लागि काठमाडौंको चक्रपथभित्र र बाहिरको एक किलोमिटर क्षेत्रमा रहेका १०० शय्याको अस्पतालसँग खरिद, लिज वा करारमा प्राप्त गर्नका प्रस्ताव माग गरेको थियो ।

केयू उच्च स्रोतका अनुसार भक्तपुर र ललितपुरको एक/एक र काठमाडौंका चार वटा अस्पतालले प्रस्ताव पेश गरेका छन् । काठमाडौंको तीनकुनेमा निर्माणाधीन काठमाडौं इन्टरनेशनल हस्पिटल, पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पताल, बसुन्धरास्थित महेन्द्रनारायण निधि सामुदायिक अस्पताल र चुच्चेपाटीस्थित स्तुपा अस्पताल, भक्तपुरको कौशलटारस्थित भक्तपुर इन्टरनेशनल अस्पताल र ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालले प्रस्ताव पठाएको केयू उच्च स्रोतले अनलाइनखबरलाई जानकारी दिएको छ ।

ती अस्पतालहरुको प्रस्ताव अध्ययनका लागि काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेजका डिन डा. मनोज हुमागाईको संयोजकत्वमा तीन सदस्यीय अध्ययन समिति बनाइएको छ ।

समितिले प्रस्तावहरु अध्ययन गरेर केयूलाई राय दिनेछ । संयोजक डा. हुमागाईंले केही अस्पतालबाट प्रस्ताव आएको पुष्टि गरे पनि संख्या खुलाउन अस्वीकार गरे ।

‘केही अस्पतालबाट प्रस्ताव आएका छन् । तर फाइल हामीले खोलेका छैनौं’, उनले अनलाइनखबरसँग भने, ‘अब केही दिनभित्रमा हामीले विस्तृत अध्ययन गरेर केयूलाई राय पेश गर्छौं ।’

२५ वर्षदेखि केयूले धुलिखेल अस्पतालसँग सहकार्य गर्दै आए पनि पछिल्लो समय तिक्तता बढेको छ । विवाद बढ्दै जाँदा दुवै संस्थाले अलग हुने संकेत गरेका छन् ।

धुलिखेल अस्पतालले सामुदायिक विश्वविद्यालयको आशयपत्र लिन आवेदन दिएको छ भने काठमाडौं विश्वविद्यालयले छुट्टै शिक्षण अस्पताल विकास गर्न खोजिरहेको छ ।

बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय मातहत रहेको प्रदेश उच्च शिक्षा परिषद्को सचिवालय हेटौंडाले स्वास्थ्य, सूचना प्रविधि र कानुन क्षेत्रमा विश्वविद्यालय, मानित विश्वविद्यालय र प्रतिष्ठान स्थापनाका लागि असोज ७ मा आवेदन आह्वान गरेको थियो । धुलिखेल अस्पतालले त्यसैमा आवेदन दिएको हो ।

केयूले पनि छुट्टै शिक्षण अस्पतालको तयारीका लागि कम्तीमा १०० शय्याभन्दा माथिका अस्पतालहरुलाई खरिद, लिज र करारमा प्राप्तिका लागि प्रस्ताव आह्वान गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?