+
+
Shares

श्रमसचिव भण्डारीको राजीनामा स्वीकृत, चूडामणि पौडेल सचिवमा बढुवा

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ८ गते १२:१९
वायाँबाट- केवलप्रसाद भण्डारी र चूडामणि पौडेल

८ चैत, काठमाडौं । चूडामणि पौडेललाई सरकारले विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गरेको छ । बिहीबारको मन्त्रिपरिषद बैठकले पौडेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

मन्त्रिपरिषदले २३ भदौमा सहसचिव पौडेललाई सरकारले कर्णालीको कायममुकायम प्रमुख सचिव तोकेको थियो । उनी हालसम्म सोही पदमा कायम छन् ।

अब सचिव बढुवा भएसँगै उनको पदस्थापन पनि कर्णालीमै हुने छ । पौडेल यसअघि २ पटक सचिव बढुवा सिफारिसमा परिसकेका थिए । उनी सिफारिस हुँदा एकपटक दिनेशकुमार घिमिरे र अर्को पटक राधिका अर्याल सचिवमा बढुवा भएकी थिइन् ।

मन्त्रिपरिषद बैठकले ११ चैतमा अवकाश हुन लागेका श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीको राजीनामा स्वीकृत गरेको छ । उनको राजीनामा स्वीकृत भएकाले नै नयाँ सचिव नियुक्तिको बाटो खुलेको हो ।

सरकारले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीको राजीनामा स्वीकृत गरेको छ । मन्त्रिपरिषद् बैठकले सचिव भण्डारीको राजीनामा स्वीकृत गरेको हो । भण्डारी ११ चैतदेखि अनिवार्य अवकाशमा जाँदै थिए । अवकाशमा जानुभन्दा ५ दिनअिघ उनको राजनीमा स्वीकृत भएको हो ।

निजामती सेवा ऐन २०४९ को दफा ३७ अनुसार ०४९ कात्तिक २१ अगाडि सेवा प्रवेश गरेर ३० वर्ष सेवा अवधि पूरा भएका कर्मचारीले अनिवार्य अवकाश हुन अगाडि स्वेच्छिक अवकाश (राजीनामा) रोजेमाा ६० वर्ष पुग्न बाँकी अवधि थपेर गणना हुने र त्यसैको आधारमा केही बढी पेन्सन पाउने व्यवस्था छ । यसकै कारण कतिपय सचिवहरुले ५८ वर्ष उमेर पुग्न केही दिन बाँकी छँदै वा ५ वर्षे कार्यकाल नसकिंदै राजीनामा दिने गरेका छन् ।

मन्त्रिपरिषद बैठकमा श्रम मन्त्रालयसहित केही मन्त्रालय र निकायमा सचिवहरुको हेरफेर र सरूवा गर्नेबारे पनि छलफल भएको छ, यसको सूची टुंगो लगाएर निर्णय प्रमाणीकरण गरिने स्रोतले बतायो । विभिन्न नवनियुक्त मन्त्रीहरुले आफूअनुकुलका सचिव सरुवा गरेर लैजान खोजेका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?