+
+

युवतीको हत्या आरोपमा प्रेमी पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ९ गते १९:४२

९ चैत, विराटनगर । धरान उपमहानगरपालिका– १८ वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान नजिकै विभित्स अवस्थामा मृत भेटिएकी धरान १६ की २१ वर्षीय सुमना श्रेष्ठको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले उनका प्रेमीलाई पक्राउ गरेको छ ।

श्रेष्ठललाई स्कुटर सिकाउने बाहानामा ६ चैत बेलुका वीपी प्रतिष्ठान र डिपोट स्कुलको बीचमा रहेको एकान्तमा हत्या गरी शव खोल्सामा फालेका थिए । पक्राउ पर्नेमा  धरान उपमहानगरपालिका-१६ का १९ वर्षीय सविन भन्ने बाबुराम भुजेल रहेको सुनसरी प्रहरी उपरीक्षक विपिन रेग्मीले बताए ।

एसपी रेग्मीका अनुसार श्रेष्ठ र भूजेलबीच दुई वर्षदेखि प्रेम सम्बन्ध देखिन्छ । तर श्रेष्ठ अर्कै पुरुषसँग नजिकिएपछि भूजेलले हत्या गरेको उनले बताए ।

फेसबुकमार्फत दुई वर्ष अघि चिनजान भएपछि उनीहरू प्रेम सम्बन्धमा थिए । तर गत पुसदेखि उनीहरुको सम्बन्धमा दरार आयो । सुमनामा ग्लोबल ओरियन्समा काम गर्न थालेपछि सम्बन्ध चिसिएको प्रहरीको दाबी छ ।

बाबुराम भुजेल पनि काम गर्ने सिलसिलामा धनकुटाको मुलघाटमा पुगेपछि उनीहरुबीच दैनिक विवाद हुन्थ्यो । विवादको कारण भने सुमनाको अर्को सम्बन्ध थियो । सुमना ग्लोबल ओरियन्समा काम गर्ने प्रदिप खतिवडासँग नजिकिएकी थिइन् । खतिवडासँग नजिकिएपछि उनी बाबुरामसँग टाढिन थालिन् । प्रहरीका अनुसार सुमना र प्रदिपले एउटै फेसकुब चलाउन थालेका थिए । यो कुरा बाबुरामले थाहा पाएपछि सम्बन्ध झन् चिसियो ।

६ चैतमा भुजेल मुलघाटबाट काम गर्ने ठाउँबाट विदा लिएर सुमनालाई भेट्न धरान आएका थिए । साँझ भेटघाटपछि भुजेलले स्कुटरमा सुमनालाई लिएर घटनास्थलतर्फ गएको प्रहरीको अनुसन्धाले देखाएको छ । शव भेटिएको स्थान नजिकै पुगेपछि उनीहरू फेसबुक चलाउने विषयमा विवाद भएको प्रहरीको भनाइ छ ।

विवादपछि भूजेलले स्कुटरमा राखेको खुकरी निकालेर श्रेष्ठको घाटी रेटेको प्रहरीको दाबी छ । एकान्तमा लगेर घाटी रेटेका उनले शवलाइ खोल्सामा फालेर हिडेको देखिएको सुनसरीका एसपी रेग्मीले बताए ।

‘अर्कै सम्बन्धमा रहेपछि योजनावद्ध रूपमा हत्या गरेको देखिन्छ,’ उनले भने, ‘हत्यापछि भूजेल मूलघाट नै फर्किएका थिए ।’ भोलिपल्ट धनकुटा-९ मूलघाटमा पुगेका उनलाई प्रहरीले ८ चैतमा पक्राउ गरेको थियो ।

प्रहरीका अनुसार भूजेलले मृतकले प्रयोग गरेको मोबाइल लिएर गएका थिए । मोबाइल लिएर जाने क्रममा उनले सिम भने खोलामा फालेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?