+
+
WC Series
पोखरा एभेन्जर्स 2025
84/4 (11.6)
VS
४८ बलमा ८२ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

तीन अधिकृतलाई आईजी एपीएफ कमेन्डेसन

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ११ गते ११:३०

११ चैत, काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्यालले तीन अधिकृतलाई ‘आईजी एपीएफ कमेन्डेसन’ प्रदान गरेका छन् ।

शनिबार नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालयको २० औंवार्षिकोत्सवको अवसरमा तीन जना अधिकृतलाई आईजी एपीएफ कमेन्डेसन प्रदान गरिएको हो ।

आईजी एपीएफ केमन्डेसन पाउनेहरुमा सशस्त्र प्रहरी उपरीक्षकद्वय  ध्रुवबहादुर कार्की, उद्धव रावल र सशस्त्र प्रहरी नायव उपरीक्षक रजनी थापा रहेका छन् ।

एसपी कार्की कपिलवस्तुमा रहँदा आफ्नो गणलाई देशैभरीबाट उत्कृष्ट बनाउन सफल भएका थिए । एसपी रावल फिल्डमा उत्कृष्ट मानिन्छन् भने डीएसपी थापा हाल नं. २० बाघभैरव गुल्मको गुल्मपतीको रुपमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?