+
+

ह्यूगो र कोरिनलाई एन्डुरो रत्नाङ्गेको उपाधि

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १२ गते १८:१८

१२ चैत, सोलुखुम्बु । फ्रान्सेली खेलाडी ह्यूगो पिजन र क्यानडाकी कोरिन प्रिवोटले एन्डुरो रत्नाङ्गेको दोस्रो सिजनको उपाधि हात पारेका छन् ।

सोलुखुम्बुको फाप्लुमा भएको दोस्रो सिजनको माउन्टेन बाइक प्रतियोगितामा पुरुषमा फ्रान्सका ह्यूगो पहिलो बने । साविक विजेता नेपालका राजेश मगर दोस्रो र फ्रान्सका रेमी एब्सलान तेस्रो बनेका छन् ।

महिलातर्फको स्पर्धामा कोरिन पहिलो बन्दा उषा खनाल दोस्रो र लक्ष्मी मगरले तेस्रो स्थान हासिल गरेकी छन् ।

प्रतियोगितामा विश्वस्तरका बाइक राइडरसहित ४९ साहसिक खेलाडीले सहभागिता जनाएका थिए । एन्डुरो रत्नाङ्गेलाई सबैभन्दा उच्च पर्वतमा हुने खेल स्पर्धाको रूपमा विकास गरिएको छ ।

दोस्रो संस्करणको प्रतियोगितामा फ्रान्सका ३ प्रतिष्ठित खेलाडीको रूपमा रेमी एब्सलान, ह्यूगो पिजन र एमेरिक इन्जर सहभागी थिए । कठिन रुटमा आफ्नो खेल कौशल प्रर्दशन गर्ने खेलाडीको रूपमा प्रसिद्ध राइडरले प्रतियोगितामा नयाँ आयाम थपेका थिए ।

रत्नाङ्गे ट्रेल सेन्टरमा आयोजित प्रतियोगिताबाट दर्शकलाई रोमाञ्चक खेल अवलोकनमात्र नभएर स्थानीय समुदायमा आर्थिक सम्भावनालाई प्रष्फुटन गरेको आयोजक फाप्लु माउन्टेन बाइक क्लबले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?