 
																			१२ चैत, काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का स्थायी समिति सदस्य वाङ हुनिङबीच भेटवार्ता भएको छ ।
चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री श्रेष्ठ र सीपीसी नेता वाङबीच सोमबार भेट भएको हो ।
परराष्ट्र मन्त्रालयका अनुसार भेटमा दुई देशबीचको सम्बन्धका विषयमा छलफल भएको छ । ‘दुई देशबीचको सम्बन्ध उत्कृष्ट रहेकोमा खुशी व्यक्त गर्दै द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउन सहयोग गर्ने दुवै पक्षबाट प्रतिबद्धता व्यक्त भएकाे छ’, परराष्ट्र मन्त्रालयले भनेको छ, ‘छलफल आर्थिक विकास र समृद्धिमा केन्द्रित थियो ।’
वाङ चीनको सरकारलाई सल्लाह दिने चाइनिज पिपुल्स पोलिटिकल कन्सल्टेटिभ कन्फरेन्स (सीपीपीसीसी) का अध्यक्ष समेत हुन् ।
श्रेष्ठले मंगलबार समकक्षी वाङ यीसँग भेट गर्ने कार्यतालिका रहेको छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4