+
+

विमानस्थलबाट ५० ग्राम सुनसहित एक युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १३ गते १९:५१
फाइल तस्वीर

१३ चैत, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५० ग्राम सुनसहित एक जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

भन्सार छलेर ल्याएको ५० ग्राम सुनसहित सिरहाको धनगढीमाई नगरपालिका–११ का २३ वर्षीय पुरुषोत्तम शर्मा पक्राउ परेका हुन् । उनको साभबाट ५० ग्राम तौलको सुनको ब्रासलेट बरामद भएको छ ।

विमानस्थलको अन्तर्राष्ट्रिय आगमन पार्किङ एरियाबाट उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

सुन तस्करहरुले बाह्‍य मुलुकबाट नेपाल आएका यात्रुलाई प्रयोग गरी भन्सार छलेर सुन ल्याउने गरेको पाइएको र बरामद उक्त सुन पनि सोही प्रकृतिको रहेको प्रहरीको दाबी छ ।

पक्राउ परेका शर्मालाई विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?