
१४ चैत, काठमाडौं । सरकारी कागजात चोरी गरेको आरोपमा कास्की प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका–९ का २८ वर्षीय सुबिर थापा मगर र सोही ठाउँका २९ वर्षीय सरोज थापा मगर छन् ।
गत सोमबार दिउँसो साढे ३ बजेतिर पोखरा महानगरपालिका–८ नयाँबजारस्थित पाखेरा महानगरको स्टोरको रुपमा रहेका भवनको ताल्चा फोडेर महमानगरपालिकाको घर नक्साको अभिलेख चोरी गरेको आरोप उनीहरुमाथि छ ।
चोरी भएका नक्साका २९ वटा फाइलसहित उनीहरुलाई पक्राउ गरी चोरी सम्बन्धीको कसूरमा ५ दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाइएको कास्की प्रहरीका प्रवक्ता सूर्यबहादुर रानाले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4