+
+

हैदराबादले बनायो आईपीएलमा सर्वाधिक ठूलो योगफल

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १४ गते २१:४२
हैदराबादका खेलाडी हेनरिक क्लासेन

१४ चैत, काठमाडौं । छक्काको वर्षासँगै सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा मुम्बई इन्डियन्सलाई २७८ रनको कीर्तिमानी लक्ष्य दिएको छ ।

राजीव गान्धी इन्टरनेसनल रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हैदराबादले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २७७ रन बनायो । यसअघि आईपीएलमा सर्वाधिक योगफल सन् २०१३ मा रोयल च्यालेन्जर्स बेंगलुरुले पुणे वारियर्सविरुद्ध २० ओभरमा ५ विकेट गुमाउँदै २६३ रन बनाएको थियो । उक्त कीर्तिमान हैदरावादले तोड्दै इतिहासकै ठूलो योगफल बनाएको हो ।

हैदराबादका हेनरिक क्लासेन ३४ बलमा ४ चौका र ७ छक्कासहित ८० रनमा नटआउट रहे । एडेन माक्ररम २८ बलमा २ चौका र १ छक्कासहित ४२ रनमा नटआउट रहे । चौथो विकेटका लागि क्लासेन र माक्ररमले ५५ बलमा ११६ रनको अविजित साझेदारी गरेका थिए ।

हैदराबादका ओपनर टविस हेडले २४ बलमा ९ चौका र ३ छक्कासहित ६२ रनको आक्रामक इनिङ खेले । अभिषेक शर्माले २३ बलमा ३ चौका र ७ छक्कासहित ६३ रन बनाएका थिए ।

ओपनर मयंक अग्रवाललाई ११ रनमा गुमाएको हैदराबादलाई दोस्रो विकेटका लागि हेड र शर्माले २३ बलमा ६८ रनको साझेदारी गरेका थिए । हार्दिक पाण्ड्या, जेराल्ड कोट्जी र पियुष चावलाले १/१ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?