+
+

आयरल्याण्ड ए विरुद्ध नेपाल ए का सागर ढकालले लिए ३ विकेट

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १७ गते १३:४७

१७ चैत, काठमाडौं । आयरल्याण्ड ए विरुद्धको टी–२० अभ्यास खेलमा नेपाल एका सागर ढकालले ३ विकेट लिएका छन् ।

टस हारेर ब्याटिङ गरेको आयरल्याण्ड ए का जेम्स म्याकुलम, रस आदिर र स्टिफन डोहेनीलाई आउट गरेका हुन् ।

सागरले पहिलो विकेट ३.५ औं ओभरमा जेम्स म्याकुलमको लिए र त्यस्तै ६.२ औं ओभरमा रस आदिरलाई आउट गरे । तेस्रो विकेटका रुपमा उनले ८.१ औं ओभरमा स्टिफन डोहेनीलाई आउट गरेका छन् ।

त्यस्तै ८.३ औं घरमा पिटर मुर पनि सागर ढकालकै बलमा रनआउट भएका छन् । सागरले ३ ओभर बलिङ गर्दा १५ रन खर्चेर ३ विकेट लिएका छन् ।

त्रिवि क्रिकेट मैदानमा आयरल्याण्ड ए ले नवौं ओभरको खेल सकिँदा ४ विकेट गुमार ६८ रन बनाएको छ । यसअघि शुक्रबार भएको अभ्यास खेलमा आयरल्याण्ड ए ले नेपाल ए लाई २१ रनले पराजित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?