+
+

महालेखा परीक्षकको सुनुवाइ प्रक्रिया अघि बढाउन बैठक आह्वान

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १८ गते १८:४७
फाइल तस्वीर ।

१८ चैत, काठमाडौं । प्रस्तावित महालेखा परीक्षकको सुनुवाइ प्रक्रिया अघि बढाउन संसदीय सुनवाइ समितिको बैठक आह्वान गरिएको छ ।

बैठक सोमबार बिहान १०ः३० बजे बोलाइएको छ ।

आइतबार बिहान बसेको संवैधानिक परिषद्को बैठकले महालेखा परीक्षकमा तोयम रायालाई सिफारिश गरेको थियो । हाल तथ्यांक कार्यालयको प्रमुख तथ्यांक अधिकारी रहेका राया पूर्व अर्थसचिव हुन् ।

संसदीय सुनुवाइ प्रक्रियाबाट अनुमाेदन भएपछि राष्ट्रपतिले महालेखा परीक्षक नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । महालेखा परीक्षकको पदावधि ६ वर्षको हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?