+
+

‘स्टुडेन्ट अफ द इयर’माथि वेब सिरिज बनाउँदै करण जोहर

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १९ गते १४:१३

काठमाडौं । बलिउड फिल्म निर्माता करण जोहरले १२ वर्षअघिको फिल्म ‘स्टुडेन्ट अफ द इयर’बाट आलिया भट्ट, वरुण धवन र सिद्धार्थ मल्होत्रालाई लन्च गरे । यो फिल्म व्यावसायिक हिट भएपछि दोस्रो शृंखला पनि आयो ।

यतिबेला भने तेस्रो श्रृंखलालाई लिएर जोहरले ठूलो अपडेट दिएका छन् । उनले यस पटक फिल्म नभई तेस्रो श्रृंखलाको रुपमा वेब सिरिज बन्ने र रीमा मायाले निर्देशन गर्ने बताए । पुनित मलहोत्रा निर्देशनबाट बाहिरिएका छन् ।

चण्डीगढमा आयोजित सिनेभेस्चर अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा उनले ‘स्टुडेन्ट अफ द इयर ३’ बारे कुरा गरे । निर्देशक रीमालाई सामाजिक कथावस्तुमा बनेको छोटो फिल्म ‘नकटर्नल बर्गर’बाट चिनिन्छ ।

नयाँ निर्देशक र लेखकसँग मिलेर काम गर्न आफू इच्छुक रहेको भन्दै करणले रीमाले उक्त फिल्मको डिजिटल संस्करण निर्देशन गर्ने बताए । उनले भने, ‘तर यो उनीहरूको शैली हुनेछ । मेरो होइन । यदि म रीमा मायाको संसारमा प्रवेश गरें भने मैले यसलाई थप भ्रमित पार्नेछु । म चाहन्छु कि यो उनको आवाज बनोस् । उनले यसलाई आफ्नै सिरिज बनाउनेछिन् ।’

को हुन् रीमा माया ?

उनी पुरस्कार विजेता लेखक तथा निर्देशक हुन् । साथै, क्याटनिप प्रोडक्सन हाउसकी सहसंस्थापक पनि हुन् । उनी स्वतन्त्र फिल्म निर्माण गर्छिन् । उनका छोटो फिल्म ‘काउन्टरफेट कुन्कु’ले अमेरिकाको सनडान्स जस्ता फिल्म फेस्टिभलमा राम्रो प्रसिद्धि पाए ।

उनको पछिल्लो ‘नोक्टर्नल बर्गर’ सन्डान्स फिल्म फेस्टिभल २०२३ मा प्रिमियर भयो । उनले नेटफ्लिक्स, रेड बुल र बोएटजस्ता ठूला ब्रान्डका लागि पनि भिडियो निर्देशन गरेकी छन् ।

सन् २०१२ मा जोहरले ‘स्टुडेन्ट अफ द इयर’ ल्याएका थिए । यो फिल्मबाट आलिया भट्ट, वरुण धवन र सिद्धार्थ मल्होत्राले डेब्यु गरेका थिए । त्यसपछि उनले ‘स्टुडेन्ट अफ द इयर २’ बनाए । यसमा उनले निर्माताको जिम्मेवारी सम्हालेका थिए । निर्देशक पुनित मल्होत्रा थिए । यसमा अनन्या पाण्डे, तारा सुतरिया र टाइगर श्राफ देखिएका थिए ।

‘स्टुडेन्ट अफ द इयर ३’ बाट सनाया कपुरलाई लन्च गर्ने खबर आएको थियो ।

सनाया सञ्जय कपुर र महिप कपुरकी छोरी हुन् र मोहनलालको फिल्म ‘वृषभ’बाट अभिनयमा डेब्यु गर्दैछिन् । धर्मा प्रोडक्सनको ‘बेधडक’ मा लक्ष्य लालवानी र गुरफतेह पिरजादासँग डेब्यु गर्ने भनिएको थियो । तर यो फिल्मको प्रोडक्सन अहिले रोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?