+
+

मयंकको गतिसामु टिक्न सकेनन् बेंग्लोरका ब्याट्सम्यान

अनलाइनखबर अनलाइनखबर
२०८० चैत २१ गते ६:२७

२१ चैत, काठमाडौं । तीव्र गतिका बलर मयंक यादवले आफ्नो १५० प्रतिघण्टा किलोमिटरको गतिको बललाई निरन्तरता दिएपछि लखनऊ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ मा रोयल च्यालेन्जर्स बेंग्लोरलाई २८ रनले हराएको छ ।

१८२ रनको विजयी लक्ष्य पछ्याएको बेंग्लोरले १९.४ ओभरमा सबै विकेट गुमाएर १५३ रन बनायो । बेंग्लोरका महिपाल लोमरोरले १३ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ३३ रन बनाए ।

मयंक यादवले रजत पाटिदारलाई २९, ग्लेन म्याक्सवेललाई शून्य र क्यामरन ग्रीनलाई ९ रनमा आउट गर्दै जित सहज बनाएका थिए ।

ओपनर विराट कोहली २२, फाफ डु प्लेसिस १९ र अनुज रावत ११ रनमा आउट भए ।

लखनऊका मयंक यादवले ४ ओभरमा १४ रन खर्चेर ३ विकेट लिंदै लगातार दोस्रो खेलमा प्लेयर अफ द म्याच चुनिए ।

नवीन उल हकले २ विकेट लिए ।

त्यसअघि चिन्नास्वामी स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको लखनऊले २० ओभरमा ५ विकेट गुमाउँदै १८१ रन बनाएको थियो ।

लखनऊका ओपनर क्विनटन डि ककले ५६ बलमा ८ चौका र ५ छक्कासहित सर्वाधिक ८१ रन बनाए । निकोलस पुरनले २१ बलमा १ चौका र ५ छक्कासहित ४०, मार्कस स्टोइनिस २४ र लोकेश राहुल २० रनमा आउट भए ।

बेंग्लोरका ग्लेन म्याक्सवेलले २, रिस टोप्ली, यश दयाल र मोहम्मद शिराजले एक/एक विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?